मुख्य समाचार
ब्राजिलले कोलम्बियालाई २-१ गोलअन्तरले हराए
ब्राजिलले कोलम्बियालाई २-१ गोलअन्तरले हराए

। ब्राजिलले फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोट खेलमा कोलम्बियामाथि पुनरागमन जित निकालेको छ ।

शुक्रबार विहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ गोलअन्तरले हराएको हो । १-० को अग्रता पहिलो हाफमै गुमाएको ब्राजिलले दोस्रो हाफको अन्तिम समयमा विजयी गोल गरेको थियो ।




ब्राजिलको जितमा राफिन्हा र भिनिसियस जुनियरले १-१ गोल गरे । त्यसअघि कोलम्बियाका लागि लुइस डियाजले १ गोल गरे ।

राफिन्हाले छैटौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा डियाजले कोलम्बियाका लागि बराबरी गोल फर्काए ।




खेल सकिनै लाग्दा इन्ज्युरी समयको नवौं मिनेटमा भिनिसियसले राफिन्हाकै पासमा गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाए ।

यस जितपछि ब्राजिल १३ खेलमा २१ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलम्बिया समान खेलमा १९ अंकका साथ छैटौं स्थानमा छ ।

शुक्रवारै भएका अन्य खेलमा पाराग्वेले चिलीलाई १-० ले तथा पेरुले बोलिभियालाई ३-१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...