मुख्य समाचार
सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपीएफ अंक तालिकाको तेस्रो स्थानमा
सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपीएफ अंक तालिकाको तेस्रो स्थानमा

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय टोली एपीएफले चौथो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपीएफ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।


सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस जित्दै पहिले ब्याटिङ गरेको सुदूरले १९१ रन बनाएको थियो। १९२ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ३६.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ६८ बलमा ५ चौका प्रहार गरेका हुन्। ओपनरद्वय लोकेश बम र आसिफ शेखले क्रमशः १९ र ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए। कप्तान रोहित पौडेल १४ रनमा रनआउट भए। दिपक बोहोराले १६ र सुमित महर्जनले १२ रन बनाए। भुवन कार्की १४ र कमल सिंह ऐरी २ रनमा अविजित रहे।



सुदूरका लागि बलिङमा शेर मल्ल, विकास आग्री र नारायण जोशीले समान २–२ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४८.५ ओभरमा १९१ रन बनाउँदै अलआउट भएको हो। सुदूरपश्चिम प्रदेशका लागि निश्चल क्षेत्रीले सर्वाधिक ५७ रन बनाए। उनले ९२ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

ओपनर प्रकाश पाण्डेले ४२, किरण ठगुन्नाले १२, सुनिल चन्दले १०, शेर मल्लले ११ हेमन्त धामीले १० रन बनाए। सूर्य श्रेष्ठ ३ रनमा अविजित रहे। एपीएफका लागि बलिङमा अमर सिंह रौतेला र कप्तान रोहित पौडेलले समान ३–३ विकेट लिए। भुवन कार्कीले २ र अभिषेक गौतमले १ विकेट लिए। सुदूरपश्चिमको यो पाँचौं हार हो। सात खेल खेलेको सुदूरले २ जित दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...