मुख्य समाचार
सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपीएफ अंक तालिकाको तेस्रो स्थानमा
सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपीएफ अंक तालिकाको तेस्रो स्थानमा

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय टोली एपीएफले चौथो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपीएफ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।


सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस जित्दै पहिले ब्याटिङ गरेको सुदूरले १९१ रन बनाएको थियो। १९२ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ३६.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ६८ बलमा ५ चौका प्रहार गरेका हुन्। ओपनरद्वय लोकेश बम र आसिफ शेखले क्रमशः १९ र ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए। कप्तान रोहित पौडेल १४ रनमा रनआउट भए। दिपक बोहोराले १६ र सुमित महर्जनले १२ रन बनाए। भुवन कार्की १४ र कमल सिंह ऐरी २ रनमा अविजित रहे।



सुदूरका लागि बलिङमा शेर मल्ल, विकास आग्री र नारायण जोशीले समान २–२ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४८.५ ओभरमा १९१ रन बनाउँदै अलआउट भएको हो। सुदूरपश्चिम प्रदेशका लागि निश्चल क्षेत्रीले सर्वाधिक ५७ रन बनाए। उनले ९२ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

ओपनर प्रकाश पाण्डेले ४२, किरण ठगुन्नाले १२, सुनिल चन्दले १०, शेर मल्लले ११ हेमन्त धामीले १० रन बनाए। सूर्य श्रेष्ठ ३ रनमा अविजित रहे। एपीएफका लागि बलिङमा अमर सिंह रौतेला र कप्तान रोहित पौडेलले समान ३–३ विकेट लिए। भुवन कार्कीले २ र अभिषेक गौतमले १ विकेट लिए। सुदूरपश्चिमको यो पाँचौं हार हो। सात खेल खेलेको सुदूरले २ जित दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...