मुख्य समाचार
जिम्बाबेकी खेलकुदमन्त्री किस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को नयाँ अध्यक्षमा निर्वाचित
जिम्बाबेकी खेलकुदमन्त्री किस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को नयाँ अध्यक्षमा निर्वाचित

। जिम्बाबेकी खेलकुदमन्त्री किस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को नयाँ अध्यक्षमा निर्वाचित भएकी छन् ।

दुई ओलम्पिक स्वर्ण पदक जितेकी र ४१ वर्षीया पूर्व पौडीबाज समेत रहेकी कोभेन्ट्रीले अब सन् २०१३ देखि यो पदमा रहेका जर्मन थोमस बाखलाई प्रतिस्थापन गर्नेछिन् । उनी आइओसीको अध्यक्ष पद सम्हाल्ने पहिलो महिला, पहिलो अफ्रिकी र सबैभन्दा कान्छी व्यक्ति बनेकी छन् ।




बिहीबार ग्रीसमा भएको निर्वाचनमा वर्ल्ड एथलेटिक्सका प्रमुख लर्ड को प्रबल दाबेदार थिए, तर कोभेन्ट्रीले पहिलो चरणको मतदानमा नै पूर्ण बहुमत हासिल गरिन् ।

यो चुनाव लामो समयदेखि चलिरहेको प्रतिस्पर्धा थियो। गुप्त मतदानको पहिलो चरणमै नतिजा टुंगिँदा उपस्थित व्यक्तिहरू अचम्ममा परेका थिए।




अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्यता खेलकुद क्षेत्रका नेताहरू मात्र नभई राजपरिवारका सदस्यहरू, ठूला व्यापारीहरू र हलिवुड कलाकारहरू समेत सामेल रहेका छन्।

यसअघि नै आईओसी कार्यकारी बोर्डमा रहेकी कोभेन्ट्री खेलकुदको सर्वोच्च पदमा पुग्ने १०औं व्यक्ति बनेकी छन् र कम्तीमा आठ वर्षसम्म यो पदमा रहनेछिन् ।

जिम्बाबका आठ ओलम्पिक पदकमध्ये कोभेन्ट्रीले सात पदक जितेकी छन् । जसमा २००४ र २००८ ओलम्पिकमा २०० मिटर ब्याकस्ट्रोकमा जितेको स्वर्ण पदक पनि सामेल छ ।

‘जिम्बाबेमा केही वर्षअघि पौडी सुरु गरेकी सानी केटीले यो क्षणको सपना कहिल्यै देखेकी थिइनन्’ कोभेन्ट्रीले भनिन् । उनले मतदानमा छ जना पुरुष प्रतिस्पर्धीलाई पराजित गरिन् ।

‘म पहिलो महिला आईओसी अध्यक्ष र अफ्रिकाबाट आउने पहिलो व्यक्ति भएकोमा विशेष रूपमा गर्व गर्छु’ उनले भनिन्, ‘मलाई आशा छ । यो मतदानले धेरै मानिसहरुलाई प्रेरणा दिनेछ । आज काँचको बारहरू तोडिएका छन्, र म एक आदर्श व्यक्तिको रूपमा आफ्नो जिम्मेवारीप्रति पूर्ण रूपमा सचेत छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...