मुख्य समाचार
सरकारको लाज छोप्न अदालत धाइरहेको टिप्पणी
सरकारको लाज छोप्न अदालत धाइरहेको टिप्पणी

: रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।


लामिछाने उच्च जाने जानकारीपछि रास्वपा कार्यकर्ताहरू अदालत बाहिरको मुख्य सडकमा जम्मा भएका थिए । सो क्रममा लामिछानेले आफूले बोल्ने समय छिट्टै आउने भन्दै आफूले बोलेपछि धेरैको बोली बन्द हुने बताए। उनले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको टिप्पणी समेत गरे । लामिछानेले यो देशको भविष्य युवाहरूको हातमा आउँदै गरेको भन्दै गम्भीर हुने समय रहेको जिकिर गरे।

लामिछानेले अब चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा त्यहाँको जिल्ला अदालतले माघ २४ गते ५४ लाख धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध उच्च अदालतमा फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन दिन बाँकी छ । लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै निवेदन दर्ता गराइसकेका छन् । पर्साको सानो पाइला सहकारीको बचत अपचलनबारे लामिछानेविरुद्ध अनुसन्धान गरिए पनि अहिलेसम्म मुद्दा दर्ता भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्न नदिने गरेको बताएका छन् । जनकपुरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुन्थ्यो। तर ...
— राष्ट्रिय आविष्कार केन्द्रले दुई वर्षदेखि सञ्चालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानामा डेढ दर्जनभन्दा बढी प्रकारका कृषि औजार र उपकरण उत्पादन भएका छन् । कारखानाबाटै करिब ९ लाख रुपैयाँ बराबरका सामग्री बिक्रीसमेत भइसकेको छ । केन्द्रका प्रमुख इन्जिनियर रितेश देवले दुई महिनाभित्र कृषि उपकरणको व्यावसायिक रुपमा बिक्री गर्ने योजना रहेको बताए । उनका अनुसार पछिल्लो समय ...
— परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले नेपालको प्रजातान्त्रिक प्रणालीलाई नै समर्थन गरेको बताएकी छिन् । करिब २ साता लामो भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा भारतको गतिविधिबाटै उक्त कुरा स्पष्ट भएको परराष्ट्रमन्त्री राणाले बताएकी हुन् । 'यहाँको पोलिटिकल गतिविधिका बारेमा हामीले खासै कुराकानीचाहिँ गरेनौँ । तर उहाँहरूको सपोर्ट यो ...
— सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले नागरिक असन्तुष्ट हुने काम सरकारले गर्न नहुने बताएका छन् । कांग्रेस पश्चिम नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को भेलामा बोल्दै सरकारले गरेका धेरै राम्रा कामहरु एउटा नराम्रो कामले ओझेलमा पार्ने भएकाले सरकारको कामकारबाहीमा कांग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताए । ‘सरकारले सुधारका कामहरू धेरै गरेको छ । तर, कहिलेकाहीं जनताले ...
— कांग्रेस नेता तथा पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले सुशासन दिन नसक्दा गणतान्त्रिक व्यवस्थाको नै विरोध भएको बताएका छन् । कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले शुक्रबार धनकुटामा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका उद्घाटनका क्रममा केसीले उक्त कुरा बताएका हुन् । गणतन्त्रले देशलाई अप्ठ्यारोबाट मुक्त गराउनुपर्नेमा त्यस अनुरुप प्रत्याभूत हुन नसकेको उनको टिप्पणी थियो । गणतन्त्रप्रतिको निराशाको समाधान खोजिनु ...