मुख्य समाचार
नेपालस्थित चिनियाँ दूतावास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव
नेपालस्थित चिनियाँ दूतावास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव

: बुद्ध जन्मस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरू भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा बिहीबार महोत्सव सुरू भएको हो।


नेपालस्थित चिनियाँ दूतावास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव गरिएको हो। कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीको प्रवर्द्धन र सम्वर्द्धनका लागि चिनियाँ दूतावासको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे।

नेपालस्थित चिनियाँ राजदूत छन् सोङले लुम्बिनी विश्वकै पवित्र ठाउँ भएको बताए। उनले बुद्ध जन्मस्थल लुम्बिनीबाट बुद्ध शिक्षा संसारको लागि प्रचारप्रसार गर्न महत्त्वपूर्ण रहने बताए।सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने पनि बताए। 'नेपाल र चीनको सम्बन्ध हार्ट टु हार्ट अर्थात् मनदेखि मनसम्म रहेको छ,'उनले भने।

सो अवसरमा नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र चीनको दौत्य सम्बन्धलाई अझै मजबुत बनाउन लुम्बिनी शान्ति उत्सव थप प्रभावकारी हुने बताए। महोत्सव ३ दिनसम्म विविध कार्यक्रमसहित मनाइँदैछ।

आज बिहान साढे ७ बजेदेखि ९ बजेसम्म अन्तर्राष्ट्रिय ध्यान महोत्सव राखिएको थियो। शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको छङ्ह्वा गुम्बाबीच परम्परागत सांस्कृतिक आदानप्रदान हुने कार्यक्रम छ। शनिबार बिहान साढे ६ बजेदेखि साढे ११ बजेसम्म अन्तर्राष्ट्रिय शान्ति म्याराथुन,साँझ ६ बजेदेखि ८ बजेसम्म लुम्बिनी शान्ति कन्सर्टको तालिका छ।

यसैगरी चैत २४ गते विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबारे सम्मेलन हुने जनाइएको छ । वैशाख २८ गते शनिबारका दिन फोटो प्रदर्शनी राखिएको छ। छङ्ह्वा गुम्बा स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो। सोही दिन प्रार्थना समारोह र भोलिपल्ट बुद्ध जयन्तीको दिन समापन समारोहको आयोजना गरिने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्न नदिने गरेको बताएका छन् । जनकपुरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुन्थ्यो। तर ...
— राष्ट्रिय आविष्कार केन्द्रले दुई वर्षदेखि सञ्चालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानामा डेढ दर्जनभन्दा बढी प्रकारका कृषि औजार र उपकरण उत्पादन भएका छन् । कारखानाबाटै करिब ९ लाख रुपैयाँ बराबरका सामग्री बिक्रीसमेत भइसकेको छ । केन्द्रका प्रमुख इन्जिनियर रितेश देवले दुई महिनाभित्र कृषि उपकरणको व्यावसायिक रुपमा बिक्री गर्ने योजना रहेको बताए । उनका अनुसार पछिल्लो समय ...
— परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले नेपालको प्रजातान्त्रिक प्रणालीलाई नै समर्थन गरेको बताएकी छिन् । करिब २ साता लामो भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा भारतको गतिविधिबाटै उक्त कुरा स्पष्ट भएको परराष्ट्रमन्त्री राणाले बताएकी हुन् । 'यहाँको पोलिटिकल गतिविधिका बारेमा हामीले खासै कुराकानीचाहिँ गरेनौँ । तर उहाँहरूको सपोर्ट यो ...
— सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले नागरिक असन्तुष्ट हुने काम सरकारले गर्न नहुने बताएका छन् । कांग्रेस पश्चिम नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को भेलामा बोल्दै सरकारले गरेका धेरै राम्रा कामहरु एउटा नराम्रो कामले ओझेलमा पार्ने भएकाले सरकारको कामकारबाहीमा कांग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताए । ‘सरकारले सुधारका कामहरू धेरै गरेको छ । तर, कहिलेकाहीं जनताले ...
— कांग्रेस नेता तथा पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले सुशासन दिन नसक्दा गणतान्त्रिक व्यवस्थाको नै विरोध भएको बताएका छन् । कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले शुक्रबार धनकुटामा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका उद्घाटनका क्रममा केसीले उक्त कुरा बताएका हुन् । गणतन्त्रले देशलाई अप्ठ्यारोबाट मुक्त गराउनुपर्नेमा त्यस अनुरुप प्रत्याभूत हुन नसकेको उनको टिप्पणी थियो । गणतन्त्रप्रतिको निराशाको समाधान खोजिनु ...