मुख्य समाचार
जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान
जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान

: जापान सरकारले प्रदान गर्ने छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरूको बिदाइ गरिएको छ। नेपालस्थित जापानी राजदूत माएदा तोरुले शुक्रबार स्नातक, स्नातकोत्तर र विशेष तालिमका लागि छात्रवृत्ति पाएका नेपालीहरूको बिदाइ गरेका हुन्।


जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान गरेको छ। जापानले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्षपछि सन् १९५७ देखि नेपाली विद्यार्थीहरू छात्रवृत्ति प्रदान गर्दै आएको छ। जापानी दूतावासका अनुसार स्नातकोत्तरका लागि तीन, स्नातकका लागि दुई र विशेष तालिमका लागि एक जनालाई यस वर्षका लागि छात्रवृत्ति प्रदान गरिएको छ।

राजदूत माएदाले नेपाली विद्यार्थीहरूलाई ऐतिहासिक अवसरको सदुपयोग गर्न आग्रह गरेका थिए। उनले जापानी संस्कृतिका विभिन्न पक्षबारे ज्ञान प्राप्त गर्न र ऐतिहासिक अवसरलाई सदुपयोग गरेर पढाइमा ध्यान दिन आग्रह गरेका थिए। जापानबाट प्राप्त ज्ञान र अनुभवले नेपालको विकासमा योगदान पुर्‍याउन उनको आग्रह थियो। यसले नेपाल र जापान सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि दिलाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जापानस्थित दिपओए जापान कम्पनी प्रालिले ३६ लाख जापानी येन आर्थिक सहयोग गरेको छ। कम्पनीका निर्देशक एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार, बाढीपीडितको घाउमा मलम लगाउन कम्पनीको संस्थागत तर्फबाट ३० लाख येन र त्यहाँ कार्यरत कर्मचारीका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम