मुख्य समाचार
मिर्गौलासम्बन्धी उपचारमा नेपालले उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री
मिर्गौलासम्बन्धी उपचारमा नेपालले उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री

— प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।

नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिएका हुन् ।


दुई पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउँन पाउँदा गर्व महसुस गरेको उल्लेख गरे ।

सम्मेलनबाट प्राप्त निष्कर्ष सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट पारे । कार्यक्रममा समाजका अध्यक्ष प्रा. डा. दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुति दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन् । मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाएका हुन् । विरोधीहरू ...
। सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको । गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए । उनका अनुसार मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए । सब अत्यन्त कुहिसकेको अवस्थामा रहेको बताए । ‘शव सडेको अवस्थामा फेला परेको छ। ...
। निजामती कर्मचारीमा कुलिङ पिरियड राख्ने कि नराख्ने भन्ने विषयमा संसदीय उपसमिति छलफलमा छ । राज्य व्यवस्था तथा सुशासन समितिले यी सहितका विषयमा सहमति जुटाउन ११ सदस्यीय उपसमिति गठन गरेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले हालै मुख्यसचिव एकनारायण अर्याल लगायतसँग छलफल गरेको छ । छलफलमा मुख्यसचिव एकनारायण अर्यालले निजामतीमा कुलिङ पिरियड आवश्यक ...
। काभ्रेको पनौती नगरपालिका-७ बसपार्कस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बा. प्र. ०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ललितपुर महाङकाल गाउँपालिका-२ घर भएका ७० वर्षीया मैया बजगाईंको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा भएको थियो । उपचारकै क्रममा मृत्यु भएको ...
। नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा १०५ प्रहरीले कमाण्डो (प्रहरी विशेष कला तथा कारबाही) तालिम सम्पन्न गरेका छन् । दशौं समूहको कमाण्डो तालिम १०५ जनाले सम्मपन गरेका हुन् । प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी कुल १०५ जनाले निकै कठिन मानिने कमाण्डो तालिम सम्पन्न ...