मुख्य समाचार
संसारकै व्यस्त लन्डनस्थित हिथ्रो विमानस्थल आगलागीका कारण बन्द भएपछि हजारौं यात्रु प्रभावित
संसारकै व्यस्त लन्डनस्थित हिथ्रो विमानस्थल आगलागीका कारण बन्द भएपछि हजारौं यात्रु प्रभावित

: संसारकै व्यस्त लन्डनस्थित हिथ्रो विमानस्थल आगलागीका कारण बन्द भएपछि हजारौं यात्रु प्रभावित भएका छन्।


विमानस्थल नजिकैको एक इलेक्ट्रिकल सबस्टेसनमा आगलागी भएर विद्युत् आपूर्ति विच्छेद भएपछि शुक्रबार विमानस्थल पूर्णरूपमा बन्द गरियो। फ्लाइट ट्र्याकिङ वेबसाइटका अनुसार शुक्रबार हिथ्रो विमानस्थल बन्द हुँदा कम्तीमा १ हजार ३ सय ५१ उडान रद्द भए। विमानस्थल बन्द गरिने घोषणा गर्दा १ सय २० वटा जहाज आकाशमा अवतरणको तयारीमा रहेको जनाइएको छ।

हिथ्रो विमानस्थलले शुक्रबार एक वक्तव्य जारी गर्दै कम्तीमा दिनभर विमानस्थल बन्द रहने जानकारी गराएको थियो। विमानस्थल फेरि सञ्चालनमा आउन कति समय लाग्छ भन्ने यकिन भइसकेको छैन। विमानस्थल सुचारु भएकै अवस्थामा पनि थप केही दिनसम्म सेवा आंशिक रूपमा प्रभावित हुन सक्नेतर्फ हिथ्रोले सचेत गराएको छ।



विमानस्थलका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रोलाई २१ मार्च राति २३:५९ बजेसम्म बन्द राखिनेछ। हामीलाई थाहा छ यो यात्रुहरूका लागि पक्कै पनि निराशाजनक अवस्था हुनेछ।

तर हामी यो परिस्थिति समाधान गर्न भरपूर प्रयास गरिरहेका छौं र यात्रुहरूलाई विमानस्थल नजान पनि आग्रह छ।’

विमानस्थलबाट करिब डेढ माइलको दूरीमा रहेको वेस्ट लन्डन हेजस्थित इलेक्ट्रिकल सबस्टेसनमा शुक्रबार राति आगलागी भएपछि विमानस्थलमा विद्युत् आपूर्ति विच्छेद भएको थियो।

विद्युत् आपूर्ति विच्छेद भएर विमानस्थल पूर्ण रूपमा बन्द भएपछि हिथ्रोको पावर ब्याकअप सिस्टमबारे प्रश्न उठेको छ। तर अधिकारीहरूले विमानस्थलसँग ब्याकअप सिस्टम रहेको र त्यसलाई सञ्चालन गर्नकै लागि निश्चित समय लाग्ने भएकाले विमानस्थल बन्द गर्नु परेको बताएका छन्।

विद्युत् आपूर्ति सुचारु भइसकेको अवस्थामा पनि कयौं सिस्टमहरू रिबुट गर्न र ती राम्रोसँग सञ्चालन भएको पक्का गर्न थप समय लाने उनीहरूको भनाइ छ।

सबस्टेसनमा भएको आगलागीका कारण आसपासका झन्डै ५ हजार घर शुक्रबारसम्म विद्युतवहीन बनेका छन्। बढी जोखिममा रहेका डेढ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। विद्युत् आपूर्तिकर्ता स्कटिस एन्ड साउदर्न इलेक्ट्रिसिटी नेटवक्र्सले दिएको जानकारीअनुसार आगलागीका कारण १६ हजार बढी घरमा विद्युत् आपूर्ति बन्द भएको थियो।

संसारकै व्यस्त लन्डन हिथ्रो यूकेको सबैभन्दा ठूलो एयरपोर्ट हो। हिथ्रोमा प्रतिदिन १ हजार ३ सयभन्दा बढी उडान हुने गर्छन्। पछिल्लो तथ्यांकअनुसार गत एक वर्षमा मात्रै ८ करोड बढी यात्रुले विमानस्थल प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनी ड्रोनहरूले रुसको पेन्जा क्षेत्रमा रहेको वाइल्डबेरिजको वेयरहाउसमा आक्रमण गरेका छन्। यस आक्रमणमा प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। पेन्जा क्षेत्रका गभर्नर ओलेग मेलनिचेन्कोले यो जानकारी दिएका हुन्। गभर्नर ओलेग मेलनिचेन्कोले म्याक्स मेसेजिङ एपमा लेखेका छन्, ‘ड्रोनहरूले वाइल्डबेरिजको वेयरहाउसमा आतङ्ककारी आक्रमण गरेका छन्। प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। करिब २०० ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमा आक्रमण भएको छ। उक्त आक्रमण र जवाफी कारबाहीमा परी एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ। बुधबार भएको आक्रमण र जवाबी अभियानका क्रममा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका हुन्। यस आक्रमणमा डीएसपी मुजाहिद ...
। अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ । बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् । उनका अनुसार गत एक ...
। इरानले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूमा अचानक हमला गर्दै धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकी सेनाले दाबी गरेको छ। तर सबै मिसाइलहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो हमला मङ्गलबार साँझ भएको हो। सम्भावित अखडाहरूको विवरण सार्वजनिक गरिएको छैन। यसको जवाफमा अमेरिकी र साउदी अरबका सेनाहरूले पूर्वी इराकमा रहेका ...
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम