मुख्य समाचार
सरकार परिवर्तन हुने भारतको आशय देखिनँ
सरकार परिवर्तन हुने भारतको आशय देखिनँ

— परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले नेपालको प्रजातान्त्रिक प्रणालीलाई नै समर्थन गरेको बताएकी छिन् । करिब २ साता लामो भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा भारतको गतिविधिबाटै उक्त कुरा स्पष्ट भएको परराष्ट्रमन्त्री राणाले बताएकी हुन् ।

'यहाँको पोलिटिकल गतिविधिका बारेमा हामीले खासै कुराकानीचाहिँ गरेनौँ । तर उहाँहरूको सपोर्ट यो डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने उहाँहरूको हरेक गतिविधिबाट हामीले त्यो कुरा बुझ्न जरुरी छ । अहिलेको गभर्मेन्टसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । उहाँको ट्रेड, पावर, फरेन मिनिस्ट्री... यो गभर्मेन्ट सिस्टम नै चेन्ज हुने भन्नेजस्तो उहाँहरूको आशय मैले देखिनँ,' उनले भनिन् ।


त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे गृहकार्य जारी रहेको पनि बताइन् । उनले भनिन्, 'प्रधानमन्त्रीको भारत भ्रमणबारे हामीले एजेन्डा तयार पारिरहेका छौँ । भेटेर फोटो मात्र खिचेर त हुँदैन । हामीले विभिन्न क्षेत्रमा सिरियसली काम गरिरहेका छौँ ।'

भारत भ्रमणमा अनावश्यक समय खर्च भयो भन्नेबारे पनि टिकाटिप्पणी भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री राणाले भनिन्, 'चार दिन तीर्थ गएँ ,जानै गाह्रो रहेछ झारखण्ड । तीन दिन होलीको बिदा पर्‍यो ।' गत फागुन २५ गते परराष्ट्रमन्त्री राणा भारत गएकी थिइन् । रायसिना डायलगमा सहभागी भएकी उनले भारतीय समकक्षी जयशंकरसँगको भेटमा नेपाल र भारतबीचका द्विपक्षीय संयन्त्रलाई मजबुत बनाउने विषयमा छलफल गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । तर, ...
। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताएका छन् । ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ मेयर शाहले भनेका छन्, ‘को कोले ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा वीरेन्द्रलाई ‘लोकतान्त्रिक’ र ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ भनेर टिप्पणी गरेका छन् । वीरेन्द्रप्रति सिंगो माओवादी आन्दोलन र आफ्नो पनि सकारात्मक धारणा बनेको बताउँदै प्रचण्डले भनेका छन्, ‘वीरेन्द्रले केही न केही डेमोक्रेटिक ढंगले सोच्छन् भन्ने खालको बुझाइ बनेको थियो ।’ तर ज्ञानेन्द्रले निरंकुश राजतन्त्र फर्काउन ८६ वर्षे वयोवृद्ध नवराज ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको सांकेतिक विरोध गरेका छन् । लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन् । लामिछानेले कुनै प्रतिक्रिया भनेका दिएका छैनन् । मौन देखिएका उनले सांकेतिक रुपमा केहीबेर मैनबत्ति ...
: लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन्। भारतबाट प्रतिबन्ध लागूऔषध खरिद गरी धरान ल्याएर बिक्री गर्दै आएका २४ वर्षीय अफ्रोज सिद्दिकिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरले बताए। धरान-२ को निकेतन गल्लीमा बसोबास गर्ने सिद्दिकिले लागूऔषध कारोबार गर्ने सूचना पाएपछि प्रहरीले उनको कोठामा छापा मारी ...