मुख्य समाचार
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री

ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ।

९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो।




मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा रहेको यो आइकनिक लोगो लिलामीमा राखियो।

करिब २५४ किलो तौलको र १२ फिट लामो तथा ९ फिट चौडाइ रहेको यो लोगोको खरिदकर्ताबारे भने जानकारी खुलाइएको छैन।




अरु वस्तु पनि लिलाली

उक्त लिलामीमा अन्य ऐतिहासिक वस्तुहरू पनि बिक्री भएका थिए। उदाहरणका लागि, एप्पल-१ कम्प्युटर ३.७५ लाख अमेरिकी डलरमा बिक्री भएको छ भने स्टीभ जब्सद्वारा हस्ताक्षरित एप्पलको एउटा चेक १,१२,०५४ अमेरिकी डलरमा बिक्री गरिएको छ ।

सन् २०२२ मा इलोन मस्कले माइक्रोब्लगिङ वेबसाइट ट्विटरलाई ४४ बिलियन अमेरिकी डलरमा खरिद गरेका थिए। टेकओभरको घोषणा गर्दा मस्कले लोकतन्त्रलाई सुचारु रूपमा चलाउन अभिव्यक्ति स्वतन्त्रता अत्यावश्यक रहेको बताएका थिए।

उनले ट्विटरलाई नयाँ सुविधाहरू र सुधारसहित अहिलेसम्मकै उत्कृष्ट भर्चुअल स्पेस बनाउने योजना पनि सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
। एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका छन् । शनिबार प्रकाशित एक लेटरमा अमोडेईले एआई विकास रोक्ने विषयमा बहस नभएको बताएका हुन् । यसबाट उत्पन्न हुन सक्ने जोखिम गम्भीर रहेकाले कम्पनी र सरकारहरूलाई त्यसको समाधानका लागि पर्याप्त समय दिनुपर्ने उनको ...
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम