मुख्य समाचार
राणा र राजाको पालामा तीन गुणा बढी भ्रष्टाचार हुन्थ्यो
राणा र राजाको पालामा तीन गुणा बढी भ्रष्टाचार हुन्थ्यो

। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्न नदिने गरेको बताएका छन् ।

जनकपुरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुन्थ्यो। तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे।’




त्यतिबेला आफ्ना गलत अभ्यास लुकाउन नागरिकलाई शिक्षाको अवसरबाट समेत बञ्चित गर्ने गरिएको उनले बताए । ‘जनतालाई शिक्षित नै गराइएन। अहिले जनता पढ्न-लेख्न पाएका छन्। केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो’ उनले भने, ‘राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो।’

राजतन्त्रलाई भूतको संज्ञा दिंदै भट्टराईले भ्रम बोकेर हिंड्न नहुने बताए । उनले भने, ‘राजतन्त्र भूत हो— भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिंड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’




लोकतन्त्रको रक्षा सबै मिलेर गर्नुपर्ने र पछाडि फर्कन नहुनेमा पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले जानकारी दिए । ‘हामी पछाडि फर्किने कुरा हुँदैन्। मधेशजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्, र तिनलाई छलकपट गर्न अब कठिन छ,’ उनले भने ।

डा. भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने, र सरकार छान्ने अवसर दिएको उल्लेख गरे।

‘अब जनताले नेताहरू छान्ने मात्रै होइन, विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम नेताहरूलाई चयन गर्नुपर्छ’ उनले भने, ‘राजतन्त्र फिर्ता ल्याएर पञ्चायती शासन चलाउने सपना देख्नेहरू आफैं द्विविधामा छन् र सत्ताको भोकले तिर्खाएका नेताहरूले पनि यो सत्य स्वीकार गर्नुपर्छ।’

डा. भट्टराईले पुराना दलहरूबाट अब कुनै परिवर्तन सम्भव नरहेको जिकिर गरे । ‘गाडी लिएर समुद्रको किनारसम्म पुग्न सकिन्छ, तर समुद्र पार गर्न जहाज नै आवश्यक पर्छ। त्यसैले अब पुराना पार्टीहरूले देशलाई कुनै नयाँ उपलब्धि दिन सक्दैनन्’ उनले भने, ‘बेरोजगारी हटाउन, वैज्ञानिक र प्राविधिक शिक्षा प्रवर्द्धन गर्न, तथा आर्थिक क्रान्ति ल्याउन वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्छ।’

पार्टीको प्रथम महाधिवेशनको भाव सम्प्रेषण कार्यक्रमका लागि भट्टराई जनकपुर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको भुरुङ्ग–तातोपानीदेखि दाना हुँदै घाँसा खण्डमा नौ किलोमिटर दूरीमा कालोपत्रे गर्ने
: तस्करी समूहले रुट परिवर्तन गरी गाँजा तस्करी गरिरहेको खुलासा भएको छ। तस्कर समूहले धनकुटाबाट सुनसरी धरानको बाटो हुँदै मोरङ नाकाहरूबाट भारत पठाउँदै आइरहेको गाँजा अहिले इलामको रुट बनाएर झापाको बाटो प्रयोग गरी लैजान थालेको पाइएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले शुक्रबार दिउँसो ४:२० बजेको समयमा झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गबाट करिब १६ ...
: नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढो भएर मर्न लागेको बाख्राको पुच्छर छटपटाउनु र राजतन्त्र फेरि फर्केर आउनु उस्तै भएको बताएका छन्। उनले बूढो रुख सुक्ने बेलामा हल्लिनु र राजतन्त्र फर्किनु उस्ता–उस्तै भएको बताए। नेपाल समाजवादी पार्टीका (नयाँ शक्ति) प्रथम महाधिवेशनको भाव सम्प्रेषण कार्यक्रममा जनकपुरधाम आइपुगेका डा. भट्टराईले राणा र ...
— उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा निरंकुश शासनमा भन्दा पनि लोकतान्त्रिक शासन व्यवस्थामा विकासले फड्को मारेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नेपालले लोकतन्त्र आएपछि फड्को मारेको बताए । शिक्षा क्षेत्रमा विगतको भन्दा हाल स्थिति राम्रो हुँदै गएको उनको भनाइ थियो । नेपालको शिक्षा गुणस्तरीय बन्दै ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था नरहेको बताएका छन्। ललितपुरमा आज आयोजित नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषिलाई यन्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता रहेको तर उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था नरहेको बताएका हुन्। ‘आफू स्वयमले किनेको हाते ...