मुख्य समाचार
बागमतीले कोशीलाई १३१ रनले हराए
बागमतीले कोशीलाई १३१ रनले हराए

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई हराउँदै प्रतियोगिताको तेस्रो जित दर्ता गरेको छ। बागमतीले कोशीलाई १३१ रनले हराएको हो।


लमहीस्थित देउखुरी क्रिकेट रंगशलामा टस जितेर ब्याटिङ गरेको बागमतीले २४० रन बनाएको थियो। बागमतीले दिएको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रन बनाउँदै अलआउट भयो।

कोशीका लागि ऐश भट्टराईले सर्वाधिक ३७ रन बनाए। उनले ४९ बलमा ५ चौका प्रहार गरे। सुजन थपलियाले २५ रन बनाए। फिर्दोस अन्सारीले २४ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।



बागमतीको लागि सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए। रिजन ढकालले ३ विकेट लिँदा साकार गजुरेलले २ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको बागमती ४९.३ ओभरमा २४० रन बनाउँदै अलआउट भएको थियो। बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ३९ रन बनाए। उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय आशुतोष घिरौया र इशान पाण्डेले क्रमशः २९ र २५ रन बनाए। कप्तान पृथु बास्कोटाले २४ रन बनाए। विपिन आचार्यले २५, सोनु देवकोटाले १८, गौतम केसी १६ र सूर्य तामाङले १७ रन बनाए। रिजन ढकाल २२ रनमा अविजित रहे।

कोशीका लागि सुजन थपलिया र प्रकाश कार्कीले समान २–२ विकेट लिए। फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले १–१ विकेट लिए। कोशीले ७ खेलमा १ जित र ६ हार बेहोरेको छ। बागमतीले समान ७ खेलबाट ३ जित ४ हारसहित ६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...