मुख्य समाचार
बुढो भएर मर्न लागेको बाख्राको पुच्छर छटपटाउनु र राजतन्त्र फेरि फर्केर आउनु उस्तै भएको : डा. भट्टराई
बुढो भएर मर्न लागेको बाख्राको पुच्छर छटपटाउनु र राजतन्त्र फेरि फर्केर आउनु उस्तै भएको : डा. भट्टराई

: नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढो भएर मर्न लागेको बाख्राको पुच्छर छटपटाउनु र राजतन्त्र फेरि फर्केर आउनु उस्तै भएको बताएका छन्। उनले बूढो रुख सुक्ने बेलामा हल्लिनु र राजतन्त्र फर्किनु उस्ता–उस्तै भएको बताए।


नेपाल समाजवादी पार्टीका (नयाँ शक्ति) प्रथम महाधिवेशनको भाव सम्प्रेषण कार्यक्रममा जनकपुरधाम आइपुगेका डा. भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्नै नसकेकोले जनताले थाहै नपाएको बताए। उनले भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालोमा हुन्थ्यो। तर उनीहरूको गलत कामहरू जनतासम्म पुग्दैनथ्यो।’

‘आफ्ना गलत अभ्यास लुकाउन नागरिकलाई शिक्षाको अवसरबाट बन्चित गराएर भ्रष्टाचार गर्थे। डा. भट्टराईले भने, ‘जनतालाई शिक्षाबाट नै बन्चित गराइयो। अहिले जनता पढ्न–लेख्न पाएको छ बोल्न पाएको छ। तर पहिले त राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा उनीहरूकै भाइभारदार मात्र पढ्न पाउँथे। अहिले कम्तीमा सबै कहाँ शिक्षाको पहुँच पुग्न सकेको छ। राजतन्त्रलाई भूतको संज्ञा दिँदै भट्टराईले भने, ‘राजतन्त्र भूत हो। भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिंड्नेहरु निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’



पत्रकारले सोधेको प्रश्नमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले विकास र समृद्धिको एजेन्डा दलहरूको नभएका कारण दलहरुप्रति वितृष्णा बढ्दै गएको जनाए। उनले प्रत्यक्ष कार्यकारी पक्षमा प्रचण्डसँगै रहे पनि कार्यगत एकता हुने सम्भावना नभएको बताए। उनले भने, ‘प्रचण्डसँग निजी सम्बन्ध राम्रो छ, तर पुरानो सोचमा बाँचिरहनु भएकोले विचार नमिलेको हो। माओवादी विचार पुरानो भइसकेकोले अब नयाँ विचार लिएर अघि बढ्नुपर्ने हो भनेको हो मैले ! प्रचण्ड थोत्रे पुरानो गाडी लिएर हिँड्न खोजेकोले अब मैले चाहिँ पुराना गाडीमा बस्न नखोजेको हो।’

बाबुराम भट्टराईले आफूले राज्यबाट कुनै सुविधा नलिएको दाबी गर्दै कतिपयले अपारदर्शी ढंगले नियम कानुन नबनाई पटके हिसाबले गैरकानुनी ढंगले पैसा आर्जन गरेको प्रति दुःख व्यक्त गरे। हिन्दु धर्मको विषयमा डा. भट्टराईसँग सोधिएको प्रश्नमा उनले भने, ‘राज्यको कुनै धर्म हुँदैन। व्यक्तिको धर्म हुन्छ। पार्टीको धर्म हुँदैन। व्यक्तिको आस्था मात्र हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका-१४ कलंकीको एलआरआई स्कुल नजिकै विवाद हुँदा एक युवकको हत्या भएको छ । हत्या हुनेमा ढुंगेअड्डा घर भएका अभय गोले हुन् । सोमबार राति ९ बजेतिर कलंकीको एलआरआई स्कुल नजिकको सडकमा दुई समूहबीच विवाद भएको थियो । विवादको क्रममा अनियन्त्रित भिडले अभयमाथि धारिलो हतियार प्रहार गरेका थिए । रड,खुकुरी र मुक्का प्रहार हुँदा मृतक ...
। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा सर्वोच्च अदालत अघि बढिसकेको बताएका छन् । मंगलबार सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश राउतले उक्त कुरा बताएका हुन् । उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनकपुर टुडेका अध्यक्ष एवं प्रधान सम्पादक वृजकुमार यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रधान सम्पादक यादवसहित धनुषाको बटेश्वर गाउँपालिकाकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा हेर्ने छैठौं तहका अधिकृत सुमन कुमार पुरीलाई नियन्त्रणमा लिएको हो। उनीहरूविरूद्ध उक्त गाउँपालिकाअन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ ...
। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन् । मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाएका हुन् । विरोधीहरू ...
। सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको । गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए । उनका अनुसार मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए । सब अत्यन्त कुहिसकेको अवस्थामा रहेको बताए । ‘शव सडेको अवस्थामा फेला परेको छ। ...