मुख्य समाचार
इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण
इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण

— इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण सुरू गरेको जनाएको छ । गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरू गरेको इजरायलको भनाइ छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ) लाई ‘लेबनानमा दर्जनौं आतंकवादी निशानाविरुद्ध बलपूर्वक कारबाही गर्न’ निर्देशन दिएको बताएका छन् । आईडीएफले शनिबार बिहान इजरायली सहर मेतुलामा तीनवटा रकेट निष्क्रिय पारेको जनाएको छ । ती घटनामा कोही पनि घाइते नभएका आईडीएफले जनाएको छ ।


तर कुनै पनि समूहले क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेका छैनन् । र, लेबनानका प्रधानमन्त्रीले आफ्नो देशलाई ‘नयाँ युद्धमा’ तान्न खोजिएको भन्दै चेतावनी दिएका बीबीसीले जनाएको छ । युद्धविराम सम्झौताले इरान समर्थित लेबनानी सशस्त्र समूह हेजबुल्लाहसँगको १४ महिना लामो युद्ध समाप्त भएको थियो ।

लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेना युनिफिलले ‘हिंसाको सम्भावित वृद्धिबाट चिन्तित’ भएको जनाएको छ । युनिफिलले इजरायल र लेबनान दुवैलाई ‘आफ्ना प्रतिबद्धताहरू पालना गर्न’ आग्रह गरेको छ । लेबनानका स्थानीय रिपोर्टहरूले देशका दक्षिणी स्थानहरूमा तोपहरू प्रहार भएको जनाएका छन् ।

बीबीसीका अनुसार पछिल्ला केही दिन यता इजरायलले हेजबुल्लाहको निशाना भनेर दाबी गर्ने स्थानमा हवाई आक्रमण गरेको छ र समूहलाई पुन:निर्माण हुनबाट रोक्न आक्रमणहरू जारी राख्ने संकेत गरेको छ ।


त्यसका साथै, इजरायली सेनाले अझै पनि दक्षिणी लेबनानका पाँच स्थान नियन्त्रणमै राखिरहेको छ । लेबनानी सरकारले उक्त कार्य देशको सार्वभौमिमकता र युद्धविराम सम्झौताको उल्लंघन भएको जनाएको छ । युद्धविराम सम्झौताअनुसार ती क्षेत्रबाट इजरायली सेना फिर्ता हुनपर्ने थियो ।

तर इजरायलले ती क्षेत्रमा लेबनानी सेना पूर्ण रूपमा तैनाथ नगरिएकाले सीमावर्ती क्षेत्रका आफ्ना समुदायको सुरक्षाका लागि सेना खटाउनु परेको जनाएको छ ।



इजरायलमा शनिबार भएको क्षेप्यास्त्र आक्रमणले लेबनानी सरकार थप दबाबमा पर्ने देखिएको छ । इजरायलले लेबनानी सेनाको सीमावर्ती क्षेत्रहरूमा पूर्ण नियन्त्रण छैन भन्ने प्रमाणको रूपमा प्रयोग गर्ने देखिएको छ ।

इजरायलको निरन्तर आक्रमणका बावजुद हिजबुल्लाहले भने कुनै प्रतिक्रिया जनाएको छैन । यो समूहले युद्धबाट प्रभावित आफ्ना समुदायहरूलाई आर्थिक सहयोग प्रदान गर्ने र विपक्षीहरूबाट निशस्त्रीकरण गर्न दबाब दिने ठूलो चुनौतीको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
रूसी परराष्ट्र मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियोन मिरोस्निकले युक्रेनी राष्ट्रपति भ्लोलोडिमिर जेलेन्स्कीले युरोपबाट पैसा माग्न हरेक सम्भव उपाय अपनाएको दाबी गरेका छन् । इरानबाट युक्रेनलाई खतरा रहेको भन्ने जेलेन्स्कीको बयान पनि आर्थिक सहायता माग्ने उद्देश्यले नै आएको उनले बताए। टास समाचार संस्थालाई दिएको अन्तर्वार्तामा मिरोस्निकले भने, ‘जेलेन्स्कीले वर्तमान स्थितिमा यो सबै पीआरका लागि प्रयोग गरिरहेका छन्। तर ...
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...