मुख्य समाचार
अमेरिकी प्रशासनले अण्डाको हालसम्मकै उच्च मूल्य घटाउने उद्देश्यले टर्कीए र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने
अमेरिकी प्रशासनले अण्डाको हालसम्मकै उच्च मूल्य घटाउने उद्देश्यले टर्कीए र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने

— अमेरिकी प्रशासनले अण्डाको हालसम्मकै उच्च मूल्य घटाउने उद्देश्यले टर्कीए र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने भएको छ । त्यसका साथै अण्डा भित्र्याउनका लागि अन्य देशहरूसँग पनि वार्ता भइरहेको अमेरिकी अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।

‘हामी छोटो अवधिका लागि करोडौं अण्डा भित्र्याउने कुरा गरिरहेका छौं,’ कृषिमन्त्री ब्रुक रोलिन्सले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने । बर्डफ्लूको महामारीका कारण पछिल्लो समय अमेरिकी किसानहरूले करोडौं कुखुरा नष्ट गर्न बाध्य भएका छन् । ट्रम्प प्रशासनले बर्डफ्लूको महामारीसँग लड्न गत महिना १ अर्ब अमेरिकी डलरको योजना घोषणा गरेको थियो ।


राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा अण्डाको मूल्य घटाउने वाचा गरेका थिए । तर गत वर्ष अण्डाको मूल्य ६५ प्रतिशत भन्दा बढीले बढेको छ । सन् २०२५ मा यो ४१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

मन्त्रालयले नयाँ आपूर्ति सुरक्षित गर्न अन्य देशहरूसँग पनि वार्ता गरिरहेको कृषिमन्त्री ब्रुक रोलिन्सको भनाइ छ । तर उनले कुन-कुन देशहरूसँग कुरा भइरहेको छ भन्ने उनले प्रस्ट पारिनन् । ‘जब हाम्रो कुखुराको संख्या पुन: बढ्छ र हाम्रा लागि आवश्यक अण्डा उत्पादन देशमै हुन्छ । त्यसपछि हामी आन्तरिक स्रोतमै फर्कनेछौं,’ उनले भनिन् ।

समाचार संस्था एएफपीका अनुसार पोल्याण्ड र लिथुआनियाका कुखुरा संघहरूले सम्भावित अण्डा निर्यातका विषयमा अमेरिकी दूतावासहरूले सम्पर्क गरेका जनाएका छन् ।


‘फेब्रुअरीमा पोल्याण्डको वार्सामा रहेको अमेरिकी दूतावासले पोल्याण्ड अमेरिकी बजारमा अण्डा निर्यात गर्न इच्छुक भए/नभएकोबारे हाम्रो संस्थालाई सोधेको थियो,’ राष्ट्रिय पोल्ट्री र फिड उत्पादकहरूको निर्देशक काटारजिना गावरोन्स्काले एएफपीसँग भनेकी छन् ।

अमेरिकी कृषि मन्त्रालयले फेब्रुअरीमा अण्डाको मूल्य सम्बोधन गर्न १ अर्ब डलरको पाँच-बुँदे योजना अघि सारेको छ । यसमा जैविक सुरक्षा उपायहरूका लागि ५० करोड, खोप अनुसन्धान र विकासका लागि १० करोड र किसानहरूको वित्तीय राहत कार्यक्रमका लागि ४० करोड मिलियन डलर बजेट छुट्याइएको छ । Why did the egg frenzy happen in America?



ट्रम्प प्रशासनले व्यावसायिक अण्डा फार्महरूलाई नि:शुल्क उत्तम अभ्यास र परामर्श सेवाहरू प्रदान गर्ने र बर्डफ्लूको फैलावट रोक्नका लागि कमिकमजोरी सम्बोधन गर्न लागतको ७५ प्रतिशतसम्म भुक्तानी गर्ने जनाएको छ ।

‘हाम्रो योजना देशभरको अवस्थाबारे अध्ययन गर्न उल्लेखनीय रकम लगानी गर्ने छ । त्यसो गर्दा यूएसडीएले अण्डा दिने कम्पनीका खोर सुरक्षित गर्न मद्दत पुगेको छ,’ रोलिन्सले भनिन्, ‘र हामीले त्यसो गर्न थालेदेखि बर्डफ्लूमा उल्लेखनीय गिरावट देखेका छौं ।’

यद्यपि एभियन फ्लू, वा ‘एच५ एन१’ वर्षौंदेखि अमेरिकी कुखुराका बथानमा फैलिएको छ । सन् २०२२ मा सुरू भएको प्रकोपले फार्महरूमा विनाश मच्चाएको छ । जसका कारण १५ करोड ६० लाख भन्दा बढी कुखुरा नष्ट गरिएको छ भने अण्डाको मूल्यले आकाश छोएको छ ।

गत वर्षको राष्ट्रपतीय चुनावमा ट्रम्पले अण्डाको मूल्यलाई मुख्य मुद्दाका रूपमा उठाएका थिए । अभियानमा उनले अत्यावश्यक वस्तुहरूको बढ्दो मूल्यका कारण निराश मतदाताहरूको समर्थन जुटाउन सफल भएका ठानिएको छ ।

यसै महिनाको सुरूमा अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै ट्रम्पले अण्डाको बढ्दो मूल्यको दोष आफ्ना पूर्ववर्ती जो बाइडेनलाई लगाएका थिए । ‘जो बाइडेनले विशेष गरी अण्डाको मूल्य नियन्त्रण बाहिर जान दिए । र, हामी यसलाई फेरि घटाउन कडा मेहनत गरिरहेका छौं,’ उनले भनेका थिए ।

बाइडेन प्रशासनले गत वर्ष बर्डफ्लूको प्रकोपबीच अण्डा दिने लाखौं कुखुरालाई मार्ने निर्देशन दिएपछि अण्डाको मूल्य अकासिएको थियो । यद्यपि ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकालको प्रारम्भिक चरणहरूमा मूल्य थप बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
रूसी परराष्ट्र मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियोन मिरोस्निकले युक्रेनी राष्ट्रपति भ्लोलोडिमिर जेलेन्स्कीले युरोपबाट पैसा माग्न हरेक सम्भव उपाय अपनाएको दाबी गरेका छन् । इरानबाट युक्रेनलाई खतरा रहेको भन्ने जेलेन्स्कीको बयान पनि आर्थिक सहायता माग्ने उद्देश्यले नै आएको उनले बताए। टास समाचार संस्थालाई दिएको अन्तर्वार्तामा मिरोस्निकले भने, ‘जेलेन्स्कीले वर्तमान स्थितिमा यो सबै पीआरका लागि प्रयोग गरिरहेका छन्। तर ...
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...