मुख्य समाचार
इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल-बर्दवील मारिए
इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल-बर्दवील मारिए

— इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल-बर्दवील मारिएका छन् । बर्दवील गाजाको दक्षिणी सहर खान युनिसमा इजरायली रक्षा बल (आईडीएफ) ले गरेको आक्रमणमा मारिएका हमासका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


स्थानीयका अनुसार आक्रमणमा बर्दवील र उनकी श्रीमती दुवैको मृत्यु भएको हो । यसबारे इजरायली अधिकारीहरूले भने कुनै टिप्पणी गरेका छैनन् ।

इजरायली सेनाले गत मंगलवारदेखि गाजामा पुन: हमला सुरू गरेको छ । यसअघि दुई पक्षबीच भएको युद्धविराम १९ जनवरीदेखि लागू भएको थियो । तर उक्त सम्झौताप्रति हमास प्रतिबद्ध नभएको आरोप लगाउँदै इजरायलले पुन: आक्रमण सुरू गरेको हो ।

हमासले इजरायली आरोप अस्वीकार गर्दे कतार, इजिप्ट तथा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामा उल्लंघन गरेको आरोप लगाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा आईडीएफले गरेको आक्रमणमा पछिल्लो २४ घण्टामा ३२ जनाको ज्यान गएको छ ।

हमासले दक्षिणी इजरायलमा ७ अक्टोबर २०२३ मा भीषण आक्रमण गरेको थियो । उक्त आक्रमणमा करिब १२ सय जना मारिएका थिए भने २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो ।

घटनापछि इजरायलले गाजामा गरेको जवाफी आक्रमणमा ४९ हजार ५ सय भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...