मुख्य समाचार
इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल-बर्दवील मारिए
इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल-बर्दवील मारिए

— इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल-बर्दवील मारिएका छन् । बर्दवील गाजाको दक्षिणी सहर खान युनिसमा इजरायली रक्षा बल (आईडीएफ) ले गरेको आक्रमणमा मारिएका हमासका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


स्थानीयका अनुसार आक्रमणमा बर्दवील र उनकी श्रीमती दुवैको मृत्यु भएको हो । यसबारे इजरायली अधिकारीहरूले भने कुनै टिप्पणी गरेका छैनन् ।

इजरायली सेनाले गत मंगलवारदेखि गाजामा पुन: हमला सुरू गरेको छ । यसअघि दुई पक्षबीच भएको युद्धविराम १९ जनवरीदेखि लागू भएको थियो । तर उक्त सम्झौताप्रति हमास प्रतिबद्ध नभएको आरोप लगाउँदै इजरायलले पुन: आक्रमण सुरू गरेको हो ।

हमासले इजरायली आरोप अस्वीकार गर्दे कतार, इजिप्ट तथा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामा उल्लंघन गरेको आरोप लगाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा आईडीएफले गरेको आक्रमणमा पछिल्लो २४ घण्टामा ३२ जनाको ज्यान गएको छ ।

हमासले दक्षिणी इजरायलमा ७ अक्टोबर २०२३ मा भीषण आक्रमण गरेको थियो । उक्त आक्रमणमा करिब १२ सय जना मारिएका थिए भने २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो ।

घटनापछि इजरायलले गाजामा गरेको जवाफी आक्रमणमा ४९ हजार ५ सय भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...