मुख्य समाचार
चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराए
चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराए

: इन्डियन प्रिमियर लिग (आइपीएल)को तेस्रो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ ।


चेन्नाईस्थित एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १५५ रन बनाएको थियो ।


मुम्बईले दिएको १५६ को विजयी लक्ष्य पछ्याएको चेन्नई सुपर किङ्स (सिएसके)ले १९.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।


सिएसकेका लागि ओपनर ब्याटर रचिन रविन्द्रले सर्वाधिक ६५ रनमा अविजित रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे । ६ बलमा ४ रन चाहिएको अवस्थामा रविन्द्रले अन्तिम ओभरको पहिलो बलमा मिचेल सेन्टनरलाई छक्का प्रहार गर्दै सिएसकेको जित पक्का गरेका हुन् ।

कप्तान ऋतुराज गायक्वाडले ५३ रनको अर्धशतकीय पारी खेले । ओपनर राहुल त्रिपाठी २ रनमा पेभेलियन फर्किए । शिवम दुबेले ९,दिपक होडाले ३ र साम करणले जम्मा ४ रन बनाए । रविन्द्र जडेजा १७ रनमा रनआउट भए । महेन्द्र सिंह धोनी शुन्यमा अविजित रहे ।

मुम्बईका लागि बलिङमा विग्नेश पुथुरले सर्वाधिक ३ विकेट लिए । विल ज्याक र दिपक चाहरले समान १-१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ३१ रन बनाए । उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गरेका हुन् ।
ओपनिङमा आएका रोहित शर्मा खलिल हमिदको बलमा डकआउट हुँदा मुम्बईलाई पहिलो ओभरमै झड्का लागेको हो । अर्का ओपनर र्यान रिकेल्टोनले १३ रन बनाए ।

कप्तान सूर्य कुमार यादवले २९, विल जयाक्सले १, नमान धिरले १७, मिचेल सेन्टनरले ११, लिपक चाहरले २८ रन बनाए ।

चेन्नाई सुपर किङ्स(सिएसके) का लागि बलिङ तर्फ नुर अहमदले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १८ रन मात्रै खर्चिए । खलिल हमिदले ३ विकेट लिँदा नथान इल्स् र रविचन्द्र आश्विनले समान १–१ विकेट लिए ।

आजको पहिलो खेलमा सन राइजर्स हैदरवादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...