मुख्य समाचार
सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता
सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।


लमहीस्थित देउखुरी क्रिकेट रंगशालमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २४२ रन बनाएको थियो। सुदूरपश्चिम प्रदेशले दिएको २४३ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४५.१ ओभरमा २११ रन बनाउँदै अलआउट भयो।


कोशीका लागि ओपनर सकिब हकले ६२ रनको अर्धशतकीय पारी खेले। उनको अर्धशतकले पनि कोशीलाई जित भने दिलाउन सकेन। हकले ६६ बलमा ११ चौकासहित ६२ रन बनाएका हुन्। अर्का ओपनर सोनु अन्सारी डक आउट भए। ऐस भट्टराईले ३६, कप्तान अंकित सुवेदी र समिर कार्कीले समान ३८–३८ रन बनाए। दिपेश कँडेलले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।



सुदूरपश्चिमका लागि बलिङतर्फ सूर्य श्रेष्ठले सर्वाधिक ३ विकेट लिए। उनले ९ ओभरमा १ मेडनसहित ४५ रन खर्चिए। भोजराज भट्टले २ विकेट लिँदा, शेर मल्ल, नारायण जोशी र राहुल भण्डारीले समान १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको ४३.४ ओभरमा २४२ रन बनाउँदै अलआउट भएको हो।

सुदूरका मध्य क्रमका ब्याटर किरण ठगुन्नाले ११५ रनको शतकीय पारी खेल्दै टिमलाई ठूलो योगफल दिलाए। उनले ९१ बलमा १२ चौका र २ छक्का प्रहार गरेका हुन्। यही संस्करणको प्रधानमन्त्री कपमा उनको यो दोस्रो शतक हो। उनले यसअघि गण्डकी प्रदेशसँग १२१ रनको अविजित शतकीय पारी खेलेका थिए।

ओपनर ब्याटर टेक रावतले १६ रन बनाए। निश्चल क्षेत्रीले १०, अर्जुन विकले १५, कप्तान नारायण जोशी र शेर मल्लले समान १४–१४ रन बनाए। सूर्य श्रेष्ठ १० रनमा अविजित रहे। कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले सर्वाधिक ४ विकेट लिए। उनले ९.४ ओभरमा १ मेडनसहित ४८ रन खर्चिए। फिर्दोस अन्सारी र अंकित सुवेदीले समान २–२ विकेट लिए। दिपेश कँडेल र प्रकाश कार्कीले १–१ विकेट लिए। कोशीले हालसम्म ८ खेलमा १ मात्र जित निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...