मुख्य समाचार
इजरायली आक्रमणमा गाजा पट्टीमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ५० हजार नाघ्यो
इजरायली आक्रमणमा गाजा पट्टीमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ५० हजार नाघ्यो

— इजरायली आक्रमणमा गाजा पट्टीमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ५० हजार नाघेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार १६ महिना लामो युद्धमा ५० हजार २१ जनाले ज्यान गुमाएका हुन् ।


यो गाजाको २३ लाख जनसंख्याको २.१ प्रतिशत अर्थात करिब ५० जनामा १ जना हो । प्यालेस्टिनी समूह हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेसँगै दुई पक्षबीच युद्ध सुरु भएको हो । यो अविधमा १ लाख १३ हजार २ सय ७४ जना घाइते भएका मन्त्रालयले जनाएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले संकलन गरेका तथ्यांक संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूले विश्वसनीय मानेका छन् । तर इजरायलले गाजाका अधिकारीले प्रकाशित गरेको तथ्यांकलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।

तर इजरायलले अन्तर्राष्ट्रिय पत्रकारलाई इजरायलले स्वतन्त्र रूपमा गाजामा प्रवेश गर्न रोक लगाएको छ । त्यसैले दुवै पक्षबाट तथ्यांक प्रमाणित हुन सम्भव नभएको बीबीसीले जनाएको छ । तर ज्यान गुमाएकामध्ये नागरिक र लडाकुको संख्या भने छुट्टाइएको छैन ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले गत नोभेम्बरमा ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै पीडितमध्ये लगभग ७० प्रतिशत महिला तथा बालबालिका रहेको जनाएको छ ।

हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणमा करिब १२ सय जना मारिएका थिए । त्यसका साथै हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसयताका आक्रमणमा गाजा क्षेत्रका करिब ६० प्रतिशत संरचना ध्वस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...