मुख्य समाचार
रुसी सेनाले राति युक्रेनी राजधानी किभमा गरेका आक्रमणमा तीन जनाको मृत्यु
रुसी सेनाले राति युक्रेनी राजधानी किभमा गरेका आक्रमणमा तीन जनाको मृत्यु

— रुसी सेनाले शनिबार राति युक्रेनी राजधानी किभमा गरेका आक्रमणमा तीन जनाको मृत्यु भएको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार मृतकहरूमा पाँच वर्षीया छोरी र उनका बुबा छन् ।


रुसी आक्रमणसँगै किभस्थित एक अपार्टमेन्टमा आगो फैलिएको र ‘सबैजना चिच्याउन र भाग्न थाले’का प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनी वायुसेनाले गए राति प्रहार गरिएका १ सय ४७ मध्ये ९७ ड्रोन खसालेको जनाएको छ ।

त्यस्तै, रुसी रक्षा मन्त्रालयले पनि युक्रेनबाट प्रहार भएका पाँच दर्जन युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । रुसी अधिकारीका अनुसार आक्रमणपछि एउटा कारमा आगलागी भएपछि एक जनाको ज्यान गएको छ ।

आफ्नो देशको राजधानीमा आक्रमण भएपछि जेलेन्स्कीले रुसमाथि नयाँ दबाब दिन आह्वान गरेका छन् । ‘यी आक्रमण र यो युद्ध अन्त्य गर्न मस्कोमाथि नयाँ निर्णय र नयाँ दबाब आवश्यक छ,’ जेलेन्स्कीले भनेका छन्, ‘यी आक्रमण दैनिक वास्तविकता हुन् ।’ रुसविरुद्ध ‘अझै प्रभावकारी’ प्रतिबन्ध लगाउनुपर्ने जेलेन्स्कीको भनाइ छ ।


अमेरिका र युक्रेनका प्रतिनिधिमण्डलले आइतबार साउदी अरबमा भेटवार्ता गर्दैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफले अमेरिकाले साउदी अरबमा हुने अर्को चरणको शान्ति वार्तामा ‘वास्तविक प्रगति’ हुने अपेक्षा गरेको बताएका छन् ।

‘हाम्रो काम मुद्दारूलाई साँघुरो पार्नु हो । दुवै पक्षलाई एकै ठाउँमा ल्याउनु र हत्या रोक्नु हो,’ उनले भनेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शान्ति चाहेको’ उनको भनाइ छ । गत साता ट्रम्प र उनका रूसी समकक्षीबीच भएको वार्तामा धेरै प्रगति भइसकेको विटकफको भनाइ छ ।



रूसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यसै साता रुसी राष्ट्रपति र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच भएको फोन वार्तालाई ‘रचनात्मक र धेरै सम्मानजनक’ भनेका छन् । पेस्कोभले रुसी राज्य सञ्चालित सञ्चारमाध्यमसँग उनले उक्त फोनवार्ताले दुई नेताबीच आमनेसामने भेटघाट हुने सम्भावना थप बढाएको बताएका हुन् ।

‘यस्तो बैठकका लागि पर्याप्त रूपमा तयार हुनुपर्छ । पहिले, कठिन प्राविधिक वार्ताहरू हुनुपर्छ । सोमबार मात्र हाम्रा वार्ताकारले यो जटिल प्रक्रिया सुरू गर्न रियाद जानेछन्,’ पेस्कोभ थप्छन् । यसअघि ट्रम्पले पनि पुटिनसँगको फोन वार्ता ‘धेरै राम्रो र उत्पादक’ भएको बताएका थिए ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामका लागि अमेरिकाले र युक्रेनले अघि सारेको संयुक्त प्रस्ताव अस्वीकार गरिदिएका थिए । ३० दिनका लागि युद्ध रोक्न अस्वीकार गरेका पुटिनले उक्त अवधिसम्म ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...