मुख्य समाचार
साउदी सुरक्षाका अनुसार गत हप्तामा साउदी अरबका विभिन्न क्षेत्रहरूबाट अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको जानकारी
साउदी सुरक्षाका अनुसार गत हप्तामा साउदी अरबका विभिन्न क्षेत्रहरूबाट अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको जानकारी

: बैदेशिक रोजगारीको क्रममा विभिन्न देशबाट साउदी पुगे/ विभिन्न कानुन उल्लंघन गरेको आरोपमा २५ हजार १ सय ५० अवैध आप्रवासीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा १७ हजार ८८६ जना रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने, ४ हजार २४७ जना सीमा सुरक्षा कानुन उल्लङ्घन गर्ने र ३ हजार १७ जना श्रम कानुन उल्लङ्घन गर्नेहरू रहेका छन् ।


कानुन उल्लङ्घन गर्ने कूल ३० हजार ५२८ जनालाई यात्रा कागजातहरू प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको थियो । जसमा २ हजार ४२० जना कानुन उल्लङ्घन गर्नेहरूलाई उनीहरूको यात्रा आरक्षण पूरा गर्न पठाइएको थियो । साथै १२ हजार ८ जनालाई देश निकाला गरिएको छ ।


साउदी सुरक्षाका अनुसार गत हप्तामा साउदी अरबका विभिन्न क्षेत्रहरूबाट अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको जानकारी दिएको छ । मार्च १३ देखि १९ बीचको अवधिमा साउदी सुरक्षा बलहरूले सम्बन्धित सरकारी निकायहरूसँगको सहकार्यमा सञ्चालन गरेको संयुक्त क्षेत्र सुरक्षा अभियानको क्रममा यी अवैध आप्रवासीलाई पक्राउ गरेको हो ।



साउदीमा सीमा पार गरेर राज्य प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेका व्यक्तिहरूको कूल संख्या १ हजार ५५३ छ। जसमध्ये २८ प्रतिशत यमनी नागरिक,६९ प्रतिशत इथियोपियाली नागरिक र तीन प्रतिशत अन्य मुलुकका रहेका छन् ।

अवैधरूपमा राज्य छोड्ने प्रयास गर्दा कूल ६३ जना पक्राउ परेका छन्। साथै नियम उल्लङ्घन गर्नेहरूलाई ढुवानी गर्ने,आश्रय दिने र रोजगारी दिने काममा संलग्न ३६ जनालाई पनि पक्राउ गरिएको छ।

३५ हजार ७९५ पुरुष र २ हजार २६६ महिलासहित कूल ३८ हजार ६१ अवैध बसोबास गर्नेहरूलाई हाल उनीहरू विरुद्ध दण्डात्मक उपायहरूको रूपमा विभिन्न चरणका कानुनी प्रक्रियाहरू सुरू गरिएको छ । गृह मन्त्रालयलका अनुसार कुनै पनि व्यक्ति जसले राज्यमा व्यक्तिहरूको अवैध प्रवेशलाई सहज बनाउँछ,तिनीहरूलाई आफ्नो क्षेत्रमा ओसारपसार गर्छ,उनीहरूलाई आश्रय दिन्छ वा अन्य कुनै सहयोग वा सेवा प्रदान गर्छ भने १५ वर्षसम्मको जेल सजाय हुने र १० लाख रियालसम्मको जरिवाना हुने जानकारी दिएको छ ।

अवैधरूपमा ढुवानीको लागि प्रयोग गरिएका सवारी साधन वा आश्रय दिन प्रयोग गरिएका घरहरू समेत जफत गरिने यहाँको गृहमन्त्रालयले जनाएको छ। साथै साउदीमा रहेका हरेक नागरिकलाई मन्त्रालयले मक्का, रियाद र पूर्वी प्रान्तका क्षेत्रहरूमा ९११ नम्बर र राज्यका बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बरहरूमा कल गरेर कुनै पनि उल्लङ्घनको घटना रिपोर्ट गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...