मुख्य समाचार
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आउँदो २८ अप्रिलमा आम निर्वाचनको घोषणा
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आउँदो २८ अप्रिलमा आम निर्वाचनको घोषणा

। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आउँदो २८ अप्रिलमा आम निर्वाचनको घोषणा गरेका छन् ।

आइतबार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक नीतिहरूबाट जोगिन क्यानडालाई बलियो जनादेश आवश्यक रहेको उल्लेख गर्दै आम निर्वाचन घोषणा गरेका हुन् ।




‘अमेरिकासँगको ट्यारिफ युद्ध हाम्रो लागि सबैभन्दा ठूलो खतरा हो’ उनले भने, ‘उनीहरूले हाम्रो अर्थतन्त्रलाई कमजोर पार्न खोजिरहेका छन् ताकि उनीहरूले हामीमाथि हावी हुन सकून्। तर, हामी यस्तो हुन दिँदैनौं।’

कार्नीले क्यानडाको सुरक्षा र आर्थिक स्थायित्वका लागि थप प्रयास आवश्यक रहेको पनि उल्लेख गरे। साथै, उनले ट्यारिफ युद्धले समस्यामा परेका किसान र व्यवसायीहरूलाई सहयोगका योजना कार्यान्वयन गर्ने कुरा गरेका छन्।




मार्क कार्नीले १० दिनअघि मात्र क्यानडाको प्रधानमन्त्री पदको शपथ लिएका हुन्। उनले ९ फेब्रुअरीमा लिबरल पार्टीको नेताको चुनावमा ८५.९ प्रतिशत मत प्राप्त गरी विजय हासिल गरेका थिए।

प्रधानमन्त्री भएपछि कार्नीले अष्ट्रेलियासँग नयाँ राष्ट्रिय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साथै, फ्रान्स र बेलायतसँग सम्बन्ध सुधार र युरोपियन युनियनसँग नयाँ व्यापार सम्झौताका लागि छलफल पनि सुरु गरेका छन्।

उनले युवाहरूको समस्याबारे चर्चा गर्दै भने, ‘आजका युवाहरूले निकै मिहिनेत गर्नुपर्छ। तर, त्यसपछि पनि उनीहरूलाई घर भाडा तिर्न र आफ्ना बालबालिकाको भविष्यका लागि बचत गर्न कठिनाइ भइरहेको छ।’

कार्नीले आफ्नो लिबरल पार्टीजस्तै महिलाको गर्भपात अधिकारको समर्थन गर्ने स्पष्ट पारे। उनले भने, ‘हामीलाई थाहा थियो, ट्रम्पको ट्यारिफ र कडा नीतिहरूको सामना गर्न तथा क्यानडाको अर्थतन्त्र सुधार्न ठोस कदम आवश्यक छ।’

कार्नी आफ्ना विपक्षीहरूभन्दा धेरै सतर्क रूपमा चुनावी अभियानमा जुटेका थिए। प्रधानमन्त्री पदको उम्मेदवार बनेपछि चुनाव सम्पन्न नहुँदासम्म उनले एक पनि अन्तर्वार्ता दिएका थिएनन्।

बैंकर र अर्थशास्त्री हुन् मार्क कार्नी

मार्क कार्नी एक अर्थशास्त्री तथा केन्द्रीय बैंकका पूर्व गभर्नर हुन्। सन् २००८ मा उनी बैंक अफ क्यानडाका गभर्नर चयन भएका थिए। क्यानडालाई मन्दीबाट बाहिर निकाल्न उनले चालेका कदमका कारण, सन् २०१३ मा उनलाई बैंक अफ इङ्ग्ल्यान्डको गभर्नर बन्ने प्रस्ताव गरिएको थियो।

बैंक अफ इङ्ग्ल्यान्डको ३०० वर्षको इतिहासमा उनी पहिलो गैर-ब्रिटिश नागरिक थिए, जसलाई उक्त जिम्मेवारी दिइयो।

उनी २०२० सम्म बैंक अफ इङ्ग्ल्यान्डमा आबद्ध रहे। ब्रेक्जिटको समयमा उनले लिएका आर्थिक निर्णयहरूले उनलाई बेलायतमा समेत चर्चित बनायो।

१६ मार्च १९६५ मा फोर्ट स्मिथ, क्यानडामा जन्मिएका मार्क कार्नीले हार्वर्ड युनिभर्सिटीबाट सन् १९९८ मा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरे । मार्कका आमाबाबु दुवै स्कुल शिक्षक थिए।

सन् १९९३ मा अक्सफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तर गरेका उनले त्यहीबाट सन् १९९५ मा विद्यावारिधी सके ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सम्झौता गर्नु बेलायतका लागि ‘धेरै खतरनाक’ हुने टिप्पणी गरेका छन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणमा रहेका बेला ट्रम्पले उक्त चेतावनी दिएका हुन्। बेलायत र चीनबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने लक्ष्यसहित विभिन्न सम्झौताहरू भएका छन्। बेलायतीहरूलाई निश्चित समयका लागि चीन भ्रमण गर्दा भिसा पनि नपर्ने सम्झौतहरू भएको एजेन्सीहरूले ...
: न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेको छ। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार क्रिस्टोफर लक्सनले इमेल गरिएको विज्ञप्तिमा भनेका छन्,'हामीले हालको रूपमा शान्ति बोर्डमा सामेल नहुने निर्णय गरेका छौं।' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि 'बोर्ड अफ पिस' नामक संस्था ...
— गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो । हमास प्राधिकरण अन्तर्गतको मन्त्रालयका महाप्रबन्धक मुनीर अल–बर्सलाई उदृत गर्दै एएफपीले थप २० जना घाइते भएको तथा इजरायलले अपार्टमेन्ट र शिविरका नागरिकहरूलाई लक्षित गरि आक्रमण गरेको जनाएको ...
— विश्वको सबैभन्दा ठूलो ई–कमर्स प्लाटफर्म अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । पछिल्लो तीन महिनामा कम्पनीले गरेको यो दोस्रो ठूलो जनशक्ति छाँटकाँट हो । कम्पनीले आफ्ना बाँकी भौतिक स्टोर, किराना र गो मार्केटहरू बन्द गर्ने जनाएको छ । ग्राहकको हत्केला स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्ने प्रविधि ‘अमेजन वान’ पनि ...
— सिंगापुर एयरलाइन्सले यात्रु चापलाई लक्षित गर्दै मार्च र अप्रिल २०२६ मा सिंगापुर–काठमाडौँ रुटमा वाइडबडी विमान सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार सातामा दुई उडान वाइडबडी विमानमार्फत सञ्चालन हुनेछ । आगामी मार्च र अप्रिलमा यात्रुको चाप बढ्ने भएकाले उडान क्षमता विस्तार गर्न वाइडबडी विमान प्रयोग गर्न लागिएको सिंगापुर एयरलाइन्स नेपालले जनाएको छ। उक्त विमान हालसम्म त्रिभुवन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम