मुख्य समाचार
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आउँदो २८ अप्रिलमा आम निर्वाचनको घोषणा
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आउँदो २८ अप्रिलमा आम निर्वाचनको घोषणा

। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आउँदो २८ अप्रिलमा आम निर्वाचनको घोषणा गरेका छन् ।

आइतबार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक नीतिहरूबाट जोगिन क्यानडालाई बलियो जनादेश आवश्यक रहेको उल्लेख गर्दै आम निर्वाचन घोषणा गरेका हुन् ।




‘अमेरिकासँगको ट्यारिफ युद्ध हाम्रो लागि सबैभन्दा ठूलो खतरा हो’ उनले भने, ‘उनीहरूले हाम्रो अर्थतन्त्रलाई कमजोर पार्न खोजिरहेका छन् ताकि उनीहरूले हामीमाथि हावी हुन सकून्। तर, हामी यस्तो हुन दिँदैनौं।’

कार्नीले क्यानडाको सुरक्षा र आर्थिक स्थायित्वका लागि थप प्रयास आवश्यक रहेको पनि उल्लेख गरे। साथै, उनले ट्यारिफ युद्धले समस्यामा परेका किसान र व्यवसायीहरूलाई सहयोगका योजना कार्यान्वयन गर्ने कुरा गरेका छन्।




मार्क कार्नीले १० दिनअघि मात्र क्यानडाको प्रधानमन्त्री पदको शपथ लिएका हुन्। उनले ९ फेब्रुअरीमा लिबरल पार्टीको नेताको चुनावमा ८५.९ प्रतिशत मत प्राप्त गरी विजय हासिल गरेका थिए।

प्रधानमन्त्री भएपछि कार्नीले अष्ट्रेलियासँग नयाँ राष्ट्रिय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साथै, फ्रान्स र बेलायतसँग सम्बन्ध सुधार र युरोपियन युनियनसँग नयाँ व्यापार सम्झौताका लागि छलफल पनि सुरु गरेका छन्।

उनले युवाहरूको समस्याबारे चर्चा गर्दै भने, ‘आजका युवाहरूले निकै मिहिनेत गर्नुपर्छ। तर, त्यसपछि पनि उनीहरूलाई घर भाडा तिर्न र आफ्ना बालबालिकाको भविष्यका लागि बचत गर्न कठिनाइ भइरहेको छ।’

कार्नीले आफ्नो लिबरल पार्टीजस्तै महिलाको गर्भपात अधिकारको समर्थन गर्ने स्पष्ट पारे। उनले भने, ‘हामीलाई थाहा थियो, ट्रम्पको ट्यारिफ र कडा नीतिहरूको सामना गर्न तथा क्यानडाको अर्थतन्त्र सुधार्न ठोस कदम आवश्यक छ।’

कार्नी आफ्ना विपक्षीहरूभन्दा धेरै सतर्क रूपमा चुनावी अभियानमा जुटेका थिए। प्रधानमन्त्री पदको उम्मेदवार बनेपछि चुनाव सम्पन्न नहुँदासम्म उनले एक पनि अन्तर्वार्ता दिएका थिएनन्।

बैंकर र अर्थशास्त्री हुन् मार्क कार्नी

मार्क कार्नी एक अर्थशास्त्री तथा केन्द्रीय बैंकका पूर्व गभर्नर हुन्। सन् २००८ मा उनी बैंक अफ क्यानडाका गभर्नर चयन भएका थिए। क्यानडालाई मन्दीबाट बाहिर निकाल्न उनले चालेका कदमका कारण, सन् २०१३ मा उनलाई बैंक अफ इङ्ग्ल्यान्डको गभर्नर बन्ने प्रस्ताव गरिएको थियो।

बैंक अफ इङ्ग्ल्यान्डको ३०० वर्षको इतिहासमा उनी पहिलो गैर-ब्रिटिश नागरिक थिए, जसलाई उक्त जिम्मेवारी दिइयो।

उनी २०२० सम्म बैंक अफ इङ्ग्ल्यान्डमा आबद्ध रहे। ब्रेक्जिटको समयमा उनले लिएका आर्थिक निर्णयहरूले उनलाई बेलायतमा समेत चर्चित बनायो।

१६ मार्च १९६५ मा फोर्ट स्मिथ, क्यानडामा जन्मिएका मार्क कार्नीले हार्वर्ड युनिभर्सिटीबाट सन् १९९८ मा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरे । मार्कका आमाबाबु दुवै स्कुल शिक्षक थिए।

सन् १९९३ मा अक्सफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तर गरेका उनले त्यहीबाट सन् १९९५ मा विद्यावारिधी सके ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि औपचारिक राज्यभ्रमणका क्रममा अमेरिका पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विमानस्थल 'जोइन्ट बेस एन्ड्र्युज' पुगेर सीलाई आफैं स्वागत गरेका छन्। १९६२ पछि पहिलो पटक कुनै अमेरिकी राष्ट्रपतिले यस एयरबेसमा कुनै विदेशी नेताको व्यक्तिगत रूपमा स्वागत गरेका हुन्। विदेशी समकक्षीलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति ...
संयुक्त राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दा अमेरिकी प्रतिनिधिमण्डल भने महासभामा उपस्थित थिएन । पेजेस्कियानले सम्बोधन सुरु गरेलगत्तै अमेरिकी प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दा इरानी र क्युबाली प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति पेजिस्कियानले अमेरिका र इजरायलको आक्रमणको ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्टले आफ्नो सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएको पुष्टि गरेका छन् । प्रधानमन्त्री अल्बानिजका अनुसार गत जुन महिनामा ओपनएआईको उक्त एआई एजेन्टले सर्भिसेस अस्ट्रेलिया अन्तर्गतको मेडिकेयर स्टाटिस्टिक्स रिपोर्टिङ सर्भिस पोर्टलमा अनधिकृत रूपमा पहुँच पुर्‍याएको थियो । यस साइबर घटनालाई अस्ट्रेलिया सरकारले अत्यन्त गम्भीर रूपमा लिएको छ । घटनाको ...
दक्षिण अफ्रिकाको डरबन सहरनजिकै एक घरभित्र भएको गोलीबारीमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार राति बन्दुकधारीहरू क्वामाखुथा टाउनसिपस्थित एउटा घरमा प्रवेश गरी त्यहाँ रहेका १४ जनामाथि गोली चलाएका थिए । गोली लागेर घटनास्थलमै १० जनाको मृत्यु भएको थियो । चार जनालाई अस्पताल लगिएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ...
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वले सामना गरिरहेका ‘शक्तिका चार ठूला परीक्षा’ प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले मानिसले क्रमशः आफ्नो शक्ति मेसिनलाई हस्तान्तरण गरिरहेको बताएका छन्। तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई)का कारण ‘कृत्रिम प्रणालीहरू नियन्त्रणबाहिर जाने’ र स्वचालित घातक हतियार विज्ञान कथाबाट सैन्य वास्तविकतातर्फ अघि बढिरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम