मुख्य समाचार
कर्णालीमाथि बागमतीको फराकिलो जित
कर्णालीमाथि बागमतीको फराकिलो जित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले चौथो जित दर्ता गरेको छ। बाँया हाते पेसर रिजन ढकाल र बाँया हाते स्पिनर सूर्य तामाङको उत्कृष्ट बलिङमा टस जितेर ब्याटिङ गरेको कर्णाली ५८ रनमा अलआउट भयो।


लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य बागमतीले १ विकेट गुमाउँदै ६.३ ओभरमा पूरा गर्यो।


बागमतीका ओपनर ब्याटर इशान पाण्डेले सर्वाधिक २२ रन बनाउँदै क्याच आउट भए। उनले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।



अर्का ओपनर आशुतोष घिरौया १९ र शुभ कंसाकार १६ रनमा अविजित रहे। कर्णालीका लागि एक मात्र विकेट दिपेन्द्र रावतले लिए।

त्यसअघि बयाटिङ गरेको कर्णाली का लागि सुनिल धमलाले सर्वाधिक १९.२ ओभरमा ५८ रन बनाउँदै अलआउट भएको हो। कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाए।

सुनिलले मात्रै दोहोरो अंकमा रन बनाए। उनी बाहेक कसैको ब्याटबाट पनि दोहोरो अंकमा रन जोडिएन।

बागमतीका लागि बलिङतर्फ रिजन ढकालले ८.१ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन मात्रै खर्चिए। सूर्य तामाङले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चिँदै ४ विकेट लिए।

यो बागमतीको चौथो जित हो भने कर्णालीको चौथो हार हो। ८ खेल खेलेको बागमतीले ४ जित र ४ हार बेहोरेको छ। त्यस्तै कर्णाली पनि समान खेलबाट ४जित र ४ हार सहित ८ अंकमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...