मुख्य समाचार
बंगलादेशमा बितेको ७ महिनामा १४० भन्दा बढी कपडा उद्योगहरू बन्द
बंगलादेशमा बितेको ७ महिनामा १४० भन्दा बढी कपडा उद्योगहरू बन्द

। पछिल्लो समय बंगलादेशको गार्मेन्ट क्षेत्र गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। पूर्व प्रधानमन्त्री शेख हसीना सत्ताच्युत भएसँगै बंगलादेशमा बितेको ७ महिनामा १४० भन्दा बढी कपडा उद्योगहरू बन्द भइसकेका छन् ।

एक लाख मजदुर बेरोजगार




धमाधम उद्योग बन्द भएपछि यसबीचमा एक लाखभन्दा बढी मजदुरहरू बेरोजगार भएका छन्। गाजीपुर, सावर, नारायणगन्ज र नर्सिन्दीमा मात्रै ५० भन्दा बढी उद्योग स्थायी रूपमा बन्द भइसकेका छन्, जबकि करिब ४० गार्मेन्ट उद्योग अस्थायी रूपमा बन्द छन्।

कैयौं गार्मेन्ट कम्पनीहरूमा मजदुरहरूलाई दुई महिनादेखि १४ महिनासम्मको तलब बक्यौता रहेको बंगलादेशी सञ्चार माध्यमहरूले लेखेका छन् ।




ईदको नजिकै आउँदा स्थिति झन् जटिल र ईदपछि थप उद्योगहरू बन्द हुने सम्भावना रहेको छ। यस गम्भीर स्थितिलाई समाधान गर्न सरकार र उद्योग मालिकहरूले कुनै पहल नगरेको भन्दै मजदुरहरू सडकमा उत्रिएर आन्दोलन गर्न बाध्य बताइरहेका छन् ।

२० प्रतिशत अर्डर बाहिरियो

बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्स्पोर्टर्स एसोसिएसनका अनुसार, बंगलादेशको गार्मेन्ट उद्योगका २० प्रतिशत अर्डर भारत, भियतनाम, श्रीलंका, इन्डोनेसिया र पाकिस्तानतर्फ सर्न थालेका छन्।

गार्मेन्ट उद्योग अचानक बन्द हुनुलाई आर्थिक मन्दी र राजनीतिक अस्थिरता दुई प्रमुख कारण मानिएको छ।

बन्द भएका धेरै उद्योगहरू पूर्व प्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगका नेताहरूसँग सम्बन्धित छन्।

यसमा हसीनाका विदेशी लगानी सल्लाहकार सलमान एफ. रहमानको बेक्सिमको कम्पनी पनि पर्दछ। विगत सात महिनामा बेक्सिमकोका १५ उद्योगहरू स्थायी रूपमा बन्द भइसकेका छन्।

साथै, अवामी लिगका मन्त्री गाजी दस्तगीरको समेत कैयौं उद्योग बन्द भएका छन्।

लेबर युनियनका नेता मोहम्मद मिन्टू भन्छन्, ‘बेक्सिमको मजदुरहरूलाई तलब र बोनस समयमा दिइने गार्मेन्ट क्षेत्रको दिग्गज कम्पनी थियो, तर, यो कम्पनी बन्द भएपछि समस्या थप गम्भीर बनेको छ।’

धेरै ठूला गार्मेन्ट व्यापारीहरूले देश छोडिसकेकाले उद्योगहरू बन्द हुने समस्या झन् बढाएको बताइएको छ ।

सरकारले उद्योगहरू बन्द हुनुको कारण बजारमा अर्डर घटेको बताइरहेको छ। तर, गार्मेन्ट वर्कर्स ट्रेड युनियन सेन्टरका कानुनी सल्लाहकार खैरुल मामुन मिन्टू भने यो तर्कसँग असहमत छन् । ‘यो तर्क झुटो हो । अहिले पनि बाँकी रहेका उद्योगहरूमा अर्डरको चाप छ। समस्याको जड राजनीतिक अस्थिरता हो,’ उनले भने ।

उनी थप्छन्, ‘यदि यो संकट चाँडै समाधान गरिएन भने देशमा आर्थिक मन्दी आउने सम्भावना बढ्नेछ। तर, वर्तमान सरकारले गार्मेन्ट उद्योगलाई सुधार गर्न कुनै ठोस कदम उठाएको छैन।’

गार्मेन्ट क्षेत्र बंगलादेशको अर्थतन्त्रको आधार हो। यो उद्योग देशको ८४ प्रतिशत विदेशी मुद्रा कमाउने मुख्य स्रोत हो। यसले प्रत्यक्ष रूपमा ५० लाख र अप्रत्यक्ष रूपमा करिब १.५ करोड मानिसलाई रोजगारी दिएको छ।

यस क्षेत्रमा महिलाहरूको ठूलो सहभागिता छ, तर हालको संकटले यस समग्र व्यवस्था र समाजलाई गहिरो असर पुर्‍याएको छ।

पछिल्लो समय बंगलादेशमा नयाँ विद्यार्थी नेताहरूको पार्टी ‘नेसनल सिटिजन पार्टी’ (एनसीपी) र सेनाबीच विवाद गहिरिँदै गएको छ।

एनसीपीका नेताहरू हसनत अब्दुल्लाह र सर्जिस आलमले सेना शेख हसीनाको अवामी लिगलाई नयाँ पार्टीको रूपमा पुनःस्थापित गर्ने योजना बनाइरहेको आरोप लगाएका छन् ।

उनीहरूले दाबी गरेअनुसार, सेना हसीनाको नेतृत्वमा नयाँ पार्टी बनाउने प्रयासमा छ। यद्यपि, सेनाले भने यो आरोप अस्वीकार गर्दै आफूहरूको यस्तो कुनै योजना नरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...