मुख्य समाचार
भ्रष्टाचार मुद्दामा फरार रहेका विद्युत प्राधिकरणका सहायक प्रबन्धक पक्राउ
भ्रष्टाचार मुद्दामा फरार रहेका विद्युत प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

: भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको बनस्थलीबाट आइतबार ६५ वर्षीय उप्रेतीलाई पक्राउ गरेको हो।


गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उप्रेतीमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा २ करोड बढी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।


सर्वोच्च अदालतले गत मंसिर १२ गते भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो।



उप्रेतीलाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विद्यार्थी कम्ती भएका सीटीईभीटीका शिक्षालय बन्द वा समायोजन गर्न सुझाव
— नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ । खरिद ...
— प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । सर्वोच्च अदालत उक्त रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेशी तोकेको हो । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला ...
निर्माण व्यवसायी उठ्नै नसक्ने गरी ठेक्का तोडियो : अध्यक्ष सिंह
— भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण बनेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । 'कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीका कारण पनि आयोजना रूग्ण बनेका छन्,' उनले भने, 'आयोजना ...