मुख्य समाचार
युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी छ
युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी छ

: राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताएका छन् । शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको उनले स्पष्ट पारे।


सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैं मालिक हुने व्यवस्था भएको बताएको उनको सचिवालयले जनाएको छ ।


'शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य एवं भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने दायित्व सरकार,राजनीतिक दललगायत हामी सबैको हो,'उनले भने। उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य नहुने बताए।



राष्ट्रपति पौडेलले भने,'इतिहास साक्षी छ कि १०४ वर्षीय जहानियाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरङ्कुशताका नाम र अवशेषलाई रुचाएनन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ । यो हजारौंको त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो ।'

राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदलयात्रा गर्दै यस ठाउँमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरे । उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रुझ्दै र भिज्दै पुगेको बताए । टिम्बुबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अवरूद्ध भएको थियो । टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पञ्चायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो ।

राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा,स्वास्थ्यको प्रबन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा वृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए । उनले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न सम्बद्ध सबैलाई आग्रह गरे।

राष्ट्रपति पौडेलले राजधानी र मधेसबाट सर्वोच्च शिखर सगरमाथाको काख अब धेरै टाढा नभएको देख्दा आफू अत्यन्तै खुसी भएको भन्दै अपर सगरमाथा मार्ग निर्माणका लागि भएका पहल र आफूले गरेको सङ्घर्षको स्मरण गरे। राष्ट्रपति पौडेलले सगरमाथाको काख मात्र नभई डोल्पाको दुनैदेखि पूर्वी पहाडमा समेत सडक पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रचारप्रसार गर्न घरदैलो अभियान संचालनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। रोल्पास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार पुनमाथि विद्यालय परिसरमा चुनावी कार्यक्रम संचालन गरेको आरोप लागेको हो। चुनाव प्रचारप्रसार गर्न विद्यालय हाताभित्र बाजागाजा बजाएर नाचगान समेत गरेको पुनमाथि ...
— इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरमा दिदी–बहिनीबीच झगडा हुँदा बहिनीको ज्यान गएको छ । घरायसी विवादका कारण २९ वर्षीया अञ्जली चेम्जोङ राई र उनका काकाकी छोरी ३७ वर्षीया पुष्पा चेम्जोङ राईबीच झगडा हुँदा बहिनी अञ्जलीको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय मंगलबारेका अनुसार शुक्रबार दिउँसो १ बजे दिदीबहिनीबीच झगडा भएको थियो । विवाद चर्केर कपाल लुछालुछ हुँदा ...
— प्रहरीले निर्वाचन विरोधी पोस्टर टाँस्दै गरेका एक युवकलाई वीरगन्जबाट पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१६ भन्सार क्षेत्रमा बस्ने २० वर्षीय विधान पुलामी मगरलाई शुक्रबार नियन्त्रणमा लिएको हो । मगरले सार्वजनिक स्थानमा निर्वाचन विरोधी सामग्री टाँसेर वातावरण बिथोल्ने प्रयास गरेको सूचनाका ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरू मतदानको आधार नबन्ने स्पष्ट पारेको छ। शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र चुनाबी आकलनले मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताए। उनले जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्ने कुरामा कांग्रेसले पूर्णतः विश्वास राख्ने धारणा राखे। प्रवक्ता ...
ओलीलाई किन दिने मत ? एमालेले अघि सार्‍यो ३५ कारण