मुख्य समाचार
संविधानसभा परिषद् नेपालले संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने
संविधानसभा परिषद् नेपालले संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने

: संविधानसभा परिषद् नेपालले संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ। सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संविधानसभा परिषद् नेपालले संविधानको संरक्षण सम्बर्द्धन र विकास गर्न प्रतिबद्ध रहने दृढ संकल्प रहेको भन्दै संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको हो।


नेपाली जनताको संघर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवी एकजुट हुन आवश्यक रहेको संविधानसभा परिषद् नेपालले उल्लेख गरेको छ।


त्यस्तै भ्रष्टाचार नियन्त्रण, कानुनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरू जिम्मेवार बन्न जरुरी रहेको संस्थाको निष्कर्ष रहेको संविधानसभा परिषद नेपालकी सह-अध्यक्ष कल्पना धमलाले बताइन्। उनले जनताको अपेक्षाअनुसार सबै पक्षसँग बृहत् छलफल गरी संविधानमा रहेका कमी कमजोरीलाई हटाई आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्ने बताइन्।



त्यस्तै पछिल्लो समय केही समूहद्वारा संविधानको भावना विपरीत गतिविधि गरिरहेको भन्दै घोर भर्त्सना गरिएको उनको भनाइ छ। संवैधानिक व्यवस्थामाथिको हमलाविरुद्ध सबै एकजुट हुनुपर्ने उनले बताइन्।

त्यस्तै संविधानसभा परिषद नेपालका अध्यक्ष अनन्त पौडेलले संविधानमा देखिएका समस्या समाधान गर्ने व्यवस्था संविधानमा नै रहेको भन्दै संविधान विपरीत कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए। अहिलेको परिस्थितिप्रति दलहरू गम्भीर हुनुपर्ने उनले बताए।

संविधानसभा परिषद नेपालले नेपाली जनताको अभिमतबाट स्थापित भएको लोकतान्त्रिक व्‍यवस्थाको रक्षा गर्न पनि अपील गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरुले बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह ...
। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड २४ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष माया सिलवालले बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै २६ करोड ९५ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी पूर्वाधार विकासका लागि २२ ...
। लुम्बिनी प्रदेश राजधानी रहेको दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतबाट प्राप्त हुने आयका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिइन् । उनका ...
। रास्वपा सभापति रवि लामिछानेले २३ पृष्ठको राजनीतिक प्रतिवेदन मार्फत पार्टीको सैद्धान्तिक कार्यदिशा, राजनीतिक निष्कर्ष र संगठनात्मक प्रस्ताव अगाडि बढाएका छन् । पार्टी स्थापनाको चार वर्षभित्रै रास्वपाले करीब दुई तिहाइ जनमत प्राप्त गर्नुको पृष्ठभूमिबारे व्याख्या गरेर चितवनमा जारी महाधिवेशन बन्दसत्रमा लामिछानेले मुलुकको राजनीतिक अवस्थालाई देखाउने प्रयास गरे । ‘सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार र जवाफदेहिताको कमी, खुला ...
। राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । विशेष कारणवश् बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रिय सभाका अध्यक्षले शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा उल्लेख ...