मुख्य समाचार
काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर
काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर

। काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलेको छ ।

काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको हो ।




गुठी संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीका अनुसार धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका थिए ।

सोही संरचनामा सोमबार महानगरपालिकासँगको समन्वयमा डोजर चलाइएको हो ।




‘गुठी संस्थान मातहतको जग्गा हो । त्यहाँ अतिक्रमण भएको थियो,’ सुवेदीले भने, ‘अहिले चाहिँ गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमण ठाउँमा डोजर चलाएको हो ।’

अहिले महानगरको डोजरले संरचनाहरू भत्काइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ‘सय दिनमा सय काम’ कार्यक्रम कार्यान्वयनमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् । शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफैंले तय गरेका सय कामबारे सरकारले छलफलसमेत नगरेको आरोप लगाए । ‘सय दिनमा सय काम भन्नुभयो, त्यो सय काम पूरा हुनु त ...
: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३९औं दिनमा शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ। गत वर्ष ७८ दिन लगाएर परीक्षाफल प्रकाशन गरेको बोर्डले यस वर्ष भने सरकारको कार्यादेशअनुसार चाँडै परीक्षाफल प्रकाशन गरेको हो। गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १ सय ७० ...
। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । यसैगरी रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो । गत जेठ २१ मा प्रकाशित दरखास्त आह्वानको सूचनाबमोजिम आवेदन दिएर प्रक्रिया र योग्यता पुगेको ...
: मोरङको रतुवामाई नगरपालिकामा विद्युत लाइन मर्मत गर्नेक्रममा करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–४ निवासी ४६ वर्षीय सुर्जानन्द मण्डल रहेका छन् । मण्डल नेपाल विद्युत प्राधिकरणअन्तर्गत रंगेली वितरण केन्द्रमा करार सेवामा कार्यरत थिए । प्रहरीका अनुसार शुक्रबार दिउँसो रतुवामाई–१ हटिया डाँडास्थित विद्युत पोलमा चढेर लाइन ...
। मनास्लु पदमार्ग अन्तरगत पर्ने उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केही स्थानमा खच्चड आवतजावतमा रोक लगाइने भएको छ । वडा नम्वर ३ को झरना क्षेत्र र वडा नम्वर ५ को ड्याङ क्षेत्रमा खच्चड आवतजावत बन्द गरिने पालिकाले जनाएको छ । सार्वजनिक सूचना जारी गर्दैै पालिकाले यही असार १० देखि १८ गतेसम्म सो क्षेत्रमा खच्चड आवतजावत नगराउन आग्रह गरेको ...