: चापाकोट नगरपालिका –१ तेउनासस्थित कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका ५८ वर्षीय मेघनाथ कुमालको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारमा गएकी छोरीलाई सामान पठाउन भनी घरबाट हिँडेका कुमाल गन्तव्य नपुगी कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए।
पाल्पाको रामपुर नगरपालिका १० बस्ने कुमाल आइतबार दिउँसो २ बजेतिर नदीमा हाम फालेको भन्ने प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय चापाकोटबाट खटेको प्रहरी टोलीले बेपत्ता कुमालको खोजी कार्य जारी राखेको निरीक्षक तिवारीले जनाए।