मुख्य समाचार
राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान
राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान

। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ। क्यानले पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरेको हो ।

यो प्रतिष्ठित अवसरले टोलीको जर्सीको अगाडि आफ्नो ब्रान्ड लोगो राख्न सक्ने सुविधा दिन्छ, जसले नेपाल क्रिकेटको बढ्दो लोकप्रियतासँग ब्रान्डलाई जोड्ने अवसर प्रदान गर्ने क्यानले जनाएको छ ।




प्रायोजन सम्झौताअनुसार न्यूनतम वार्षिक प्रायोजन रकम रू. २ करोड तोकिएको छ। यो सम्झौता ३ वर्षका लागि हुनेछ, जसमा प्रत्येक वर्ष १०% वृद्धि हुनेछ।

आवेदन दिन इच्छुक कम्पनीहरूका लागि नेपाल सरकारको कानुनअनुसार मान्यता प्राप्त ब्रान्डहरू मात्र योग्य हुने र प्रस्ताव पेश गर्दा कम्पनीको आधिकारिक लेटरहेडमा हस्ताक्षर र छाप अनिवार्य रूपमा हुनुपर्ने जनाइएको छ।




आवेदनको अन्तिम मिति २०८१ वैशाख २९ गते बिहान ११:०० बजे रहेको छ। प्रस्ताव हार्डकपीमा मुलपानीस्थित कार्यालयमा पेश गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...