मुख्य समाचार
एसियन कप छनोट : मलेसियाविरुद्ध खेल्न नेपाल तयार
एसियन कप छनोट : मलेसियाविरुद्ध खेल्न नेपाल तयार

। सन् २०२७ मा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले मंगलबार मलेसियाको सामना गर्दैछ । मलेसियाविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा छ । सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राती ७:४५ बजे सुरु हुनेछ । एसियन कपमा पुग्ने अन्तिम चरणको चरणमा दुवै टोलीको लागि यो पहिलो खेल हुनेछ । दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।




गत शुक्रबार सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल जितेर नेपाली टोली उत्साहका साथ मलेसिया पुगेको छ र त्यही लयलाई निरन्तरता दिँदै मलेसियाविरुद्ध कडा चुनौती पेश गर्ने लक्ष्यमा छ ।

प्रशिक्षक रोसले आफूहरू ३ अंककै लागि खेल्ने प्रतिक्रिया दिएका छन् । ‘मलेसिया बलियो टिम हो, ड्र सम्म भएपनि सन्तुष्ट हुन सकिन्छ तर हामी ३ अंककै लागि खेल्नेछौं’ प्रिम्याच कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हाम्रो योजना भनेको जित्नकै लागि खेल्ने हो, त्यसैअनुसार तयारी भइरहेको छ । बराबरी नै खेल्ने भन्ने सोच हुने छैन।’




त्यस्तै प्रशिक्षक किरण चेम्जोङले अवे मैदान भएपनि राम्रो खेल पस्कने बताएका छन् । ‘हामी नेपालमा पनि धेरै दर्शकहरूको माझमा खेलिसकेका छौं, यहाँ पनि नेपाली समर्थकहरू त हुनुहुन्छ नै’ उनले भने, ‘घरेलु मैदान नभएपनि त्यस्तो फरक पर्दैन, हामी खेल इन्जोए गर्नेछौं यहाँ जुन टिमको दर्शकहरू धेरै भएपनि हामीलाई त्यस्तो फरक पर्दैन। ‘



सिंगापुरमा नेपालको खेल हेर्न नेपाली दर्शकहरुको बाक्लो उपस्थिती थियो । मलेसियामा पनि नेपालीहरु धेरै रहेकोले नेपालको खेल हेर्न उपस्थित हुनेछन् । कप्तान किरण चेम्जोङले धेरै समर्थकहरु आउँदा फाइदा हुने बताएका हुन् ।

रोसको प्रशिक्षणमा नेपालले एसियन कप छनोटमा पहिलो खेल खेल्दैछ । उनको प्रशिक्षण डेब्युमा नेपालले शुक्रबार सिंगापुरलाई १-० ले पराजित गरेको थियो ।

मलेसियाका मुख्य प्रशिक्षक पिटर क्लामोभ्स्कीले नेपाल विरुद्धको खेलको लागि तयार रहेको बताएका छन् । ‘हामी भोलीको खेलका लागि उत्साहित छौँ । हामी खेलको लागि तयार छौँ ।’

प्रशिक्षक पिटले नेपालले सिंगापुरलाई हराएकोले नेपाललाई कमजोर नलिने पनि बताएका छन् । ‘हामी कसरी खेल्छटौँ म त्यसमा केन्द्रित हुन्छु । तर नेपालले सिंगापुरलाई हराएपछि उनीहरु हाम्रो लागि कठिन प्रतिस्पर्धी हुनेछौँ । उनीहरु यहाँ नतिजाका लागि उच्च मनोबलका साथ आएका हुन्छन् ।’

उनले आफ्नो सिद्धान्त अनुसार खेलेमा नतिजा आउने बताए ।

यस्तै खेलाडी म्याथ्यु डेभिसले पनि मलेसियन टिमले राम्रो तयारी गरेको र खेलका लागि तयार रहेको बताए । ‘हाम्रो तयारीबाट हामी सन्तुष्ट छौँ । हामी सकरात्मक नतिजा निकाल्ने आशामा छौँ।’

डेभिसले नयाँ प्रशिक्षकको लागि सरकरात्मक नतिजा दिने बताए । पिटर गत डिसेम्बरमा मलेसियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा मलेसियाको यो पहिलो खेल हुनेछ ।

नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । वरियतामा पनि मलेसिया नेपाल भन्दा ४३ स्थान माथि छ । हाल मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छ ।

पछिल्लो पटक नेपालले सन् २०१९ मा मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल २-० ले पराजित भएको थियो । नेपाल र मलेसियाबीच अहिलेसम्म ७ खेल भएको छ । जसमा ६ खेल मलेसियाले जित्दा १ खेल बराबरीमा सकिएको थियो ।

सन् १९८३ मा भएको मर्डेका कपमा नेपाल मलेसियासँग ७-० ले पराजित भएको थियो । त्यसपछि नेपालले सन् १९८५ र १९८९ मा विश्वकप छनोट अन्तर्गत मलेसियासँग २-२ खेल खेलेको थियो । १९८५ मा पहिलो खेलमा मलेसियालाई बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा ५-० ले पराजित भएको थियो । १९८९ मा भने नपाल २-० र ३-० ले पराजित भएको थियो ।

यस्तै २००९ मा भएको मैत्रीपूर्ण खेलमा पनि नेपाल मलेसियासँग २-० ले पराजित भएको थियो । एसियन कप छनोटको पहिलो खेल नेपालले मलेसियासँग घरेलु मैदानमा खेल्ने तय भएपनि दशरथ रंगशालमाले मान्यता नपाउँदा नेपालले मलेसियामा गएर खेल्न लागेको हो ।

दशरथ रंगशालालाई एएफसीले अन्तर्राष्ट्रिय खेल खेलाउन तत्काल मान्यता नदिएपछि नेपालले मलेसियासँग होम म्याच स्वाप गरेको हो । जस अनुसार नेपालको होम म्याच मलेसियाको मैदानमा खेल्ने र मलेसियाको होम म्याच पछि नेपालमा खेल्ने सहमति छ ।

एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणमा एसियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र मलेसियासहित भियतनाम र लाओस समूह एफमा छन् ।

होम एण्ड अवेका आधारमा हुने यस छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली २०२७ मा हुने एसियन कपमा छनोट हुनेछन् । एसियन कपका लागि १८ टोली यसअघि नै छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...