मुख्य समाचार
लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले फाइनल यात्रा कायमै
लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले फाइनल यात्रा कायमै

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले फाइनल यात्रा कायमै राखेको छ। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २२३ रन बनाएको थियो।


लुम्बिनीले दिएको २२४ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। एपीएफका लागि पुरन विकले सर्वाधिक ७२ रनको अविजित पारी खेले। कप्तान रोहित पौडेलले ७१ रन बनाए। ओपनरद्वय लोकेश बम र आसिफ शेखले क्रमशः २१ र १८ रन बनाए। सन्दीप जोराले २१ रनको अविजित पारी खेले।


लुम्बिनीका एक बलरले मात्र विकेट लिए। राजेन्द्र बमले एपीएफको ३ विकेट लिए। त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२३ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। उनले ७९ बलमा ४ चौका प्रहार गरे।



ओपनर ब्याटर मिर्नाल गुरुङले ५५ रनको अर्धशतकीय पारी खेले। अर्का ओपनर सम्राट भुसाल ३ रनमै पेभेलियन फर्किए। आकाश त्रिपाठीले २२ र प्रज्वल थापाले २० रन बनाए। निर्मल गुरुङ २० रनमा अविजित रहे। अमर सिंह रौतेला र अभिषेक गौतमले समान ३-३ विकेट लिए। मौसम ढकालले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र तेस्रोबाट चौथोमा झरेका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ । नेपाली पुरुष टोलीले पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका विल ज्याक्सले हालै श्रीलंकासँगको ...
। अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पनि लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन् । लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो । उनले गत संस्करणमा लुम्बिनीको उपाधि यात्रामा पूरा सिजन खेलेका थिए । शर्टले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् । ...
: २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा आयोजक जापानलाई हराउँदै चीनले स्वर्ण पदक जितेको छ। पार्क एरिना कोमाकीमा भएको खेलमा चीनले जापानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। चीनले जापानलाई २५–१९, २५–२० र २५–२३ ले हराएको हो। चीनसँग सोझो सेटमा पराजित हुँदाजापानले रजत पदक जित्यो। थाइल्यान्डले कास्य पदक जितेको हो। चीन प्रतियोगिताको ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत पौडी महिलातर्फ १०० मिटर फ्रिस्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै आउट भएकी छन्। मंगलबार टोकियो एक्वाटिक सेन्टरमा भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालिन् । ३५ खेलाडी सहभागी स्पर्धामा उनी समग्रमा ३०औं स्थानमा रहिन् । यसअघि,सोमबार आर्या ५० मिटर ब्याकस्ट्रोकमा ३३.४० सेकेन्डसहित ३१ खेलाडीमध्ये २७औं स्थानमा रहेकी ...
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम