मुख्य समाचार
लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले फाइनल यात्रा कायमै
लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले फाइनल यात्रा कायमै

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले फाइनल यात्रा कायमै राखेको छ। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २२३ रन बनाएको थियो।


लुम्बिनीले दिएको २२४ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। एपीएफका लागि पुरन विकले सर्वाधिक ७२ रनको अविजित पारी खेले। कप्तान रोहित पौडेलले ७१ रन बनाए। ओपनरद्वय लोकेश बम र आसिफ शेखले क्रमशः २१ र १८ रन बनाए। सन्दीप जोराले २१ रनको अविजित पारी खेले।


लुम्बिनीका एक बलरले मात्र विकेट लिए। राजेन्द्र बमले एपीएफको ३ विकेट लिए। त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२३ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। उनले ७९ बलमा ४ चौका प्रहार गरे।



ओपनर ब्याटर मिर्नाल गुरुङले ५५ रनको अर्धशतकीय पारी खेले। अर्का ओपनर सम्राट भुसाल ३ रनमै पेभेलियन फर्किए। आकाश त्रिपाठीले २२ र प्रज्वल थापाले २० रन बनाए। निर्मल गुरुङ २० रनमा अविजित रहे। अमर सिंह रौतेला र अभिषेक गौतमले समान ३-३ विकेट लिए। मौसम ढकालले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट भएको छ। नेपालमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्स अन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराउँदै विश्वकपका लागि छनोट भएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई डीएलएस (डकवर्थ लुइस स्ट्रेन)को माध्यमबाट २१ रनले हराउँदै नेदरल्यानड्सले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। टस जितेर ब्याटिङ ...
: आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार गरेका छन्। उनी २६ औं स्थानबाट २४ औं स्थानमा उक्लिएका हुन्। कप्तान रोहित पौडेलको भने अलराउन्डर वरीयता खस्किएको छ। रोहित ४३ ...
आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र छैटौं स्थानमा उक्लिए
फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको पुनरागमन
— पोखरा रंगशालामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा न्यु डायमन्ड युथ स्पोटर््स क्लबले फाइनलमा स्थान बनाएको छ । मंगलबार न्यु डायमन्डको निर्णायक जित, थाइल्यान्ड क्विन्सको लयबद्ध प्रदर्शन र पुरुषतर्फ पर्वत भलिबल संघको लगातार तेस्रो जितले च्याम्पियनसिपलाई थप रोमाञ्चक बनाएको छ । महिलातर्फ प्रभावशाली प्रदर्शन गर्दै एक खेल बाँकीमै न्यु डायमन्ड फाइनल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम