मुख्य समाचार
ट्रम्प प्रशासनले ग्रीन कार्ड र भिसा लिएका आप्रवासीहरूको मोबाइल लगायतका डिजिटल डिभाइसहरू समेत जाँच गर्न थाले
ट्रम्प प्रशासनले ग्रीन कार्ड र भिसा लिएका आप्रवासीहरूको मोबाइल लगायतका डिजिटल डिभाइसहरू समेत जाँच गर्न थाले

। अमेरिकी सीमा अधिकारीहरूले अमेरिका प्रवेश बिन्दु (अध्यागमन कार्यालय) हरूमा थप आक्रामक रणनीति अपनाइरहेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार प्रशासनले ग्रीन कार्ड र भिसा लिएका आप्रवासीहरूको मोबाइल लगायतका डिजिटल डिभाइसहरू समेत जाँच गर्न थालेको छ । खासगरी ट्रम्प प्रशासनले लिएको नीतिविरुद्ध मत राखिरहेका आप्रवासीहरू निसानामा परेका छन् ।




अमेरिकी आप्रवासन अधिकारीहरूले मास्क लगाएर भर्जिनियामा रहेको आफ्नो घरबाहिरबाट जर्जटाउन युनिभर्सिटीका एक प्राध्यापकलाई गिरफ्तार गरेका छन् ।

उनीहरूले दुई जर्मन पर्यटकलाई देशमा कानुनी रूपमा प्रवेश गर्न खोज्दा दक्षिणी सीमामा हप्तौँसम्म थुनामा राखे ।




सरकारी अधिकारीहरूले कोलम्बिया विश्वविद्यालयको अपार्टमेन्टमा ढोका ढकढक्याउँदै प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूको खोजी गरे ।

ट्रम्प प्रशासनले आफ्नो आप्रवासन एजेन्डालाई आक्रामक रूपमा लागु गर्दै अवैध आप्रवासीको सामूहिक निष्कासन मात्र होइन, वैध आप्रवासी र पर्यटकहरूलाई पनि निसाना सोझ्याएको छ ।

जताततै कडाइ

अमेरिकी सीमा अधिकारीहरूले प्रवेश बिन्दुहरूमा ‘बृहद छानबिन’ नामक आक्रामक रणनीति अपनाएका छन्। यो कदमले जर्मनीजस्ता अमेरिकी साझेदार राष्ट्रहरूलाई आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजसरी अद्यावधिक गर्न बाध्य बनाएको छ ।

यसै क्रममा, प्रशासनले अमेरिकी विदेश नीतिको विरोध गर्ने र सरकार विरोधी अभिव्यक्ति दिने वैध आप्रवासीहरूलाई पनि निसाना सोझ्याउन थालेको छ ।

यस्तो कडा नीतिले विदेशी पर्यटकहरूबीच त्रास फैलन थालेको र अमेरिकी आप्रवासी समुदायमा चिन्ता थपेको छ । कानुनी प्रक्रिया उल्लंघन नगरीकन राखिएका आफ्ना विचारका कारण निसानामा पर्न थालेका हुन् ।

‘चाहे यो अभिव्यक्ति होस् वा आलोचना, ग्रीन कार्डधारी होस् वा वैध आप्रवासी, उनीहरूले यसलाई एकदम नयाँ तहमा पुर्‍याएका छन्,’ पूर्व सीमा सुरक्षा प्रमुख गिल केर्लिकोस्कीले न्युयोर्क टाइम्ससँग कुरा गर्दै भनेका छन् । ट्रम्पको पहिलो कार्यकालमा आएको आप्रवासनविरोधी एजेन्डा सम्झँदै उनले भने, ‘यो सबै पहिलेको जस्तै देखिन्छ, तर यसपटक अझ बढी कठोर देखिएको छ ।’

प्रशासनको बचाउ

अमेरिकी प्रशासनका अनुसार, यी गिरफ्तारी र अनुसन्धानहरू अमेरिकी सुरक्षाका लागि हुन् ।

गृह सुरक्षा विभागकी एक अधिकारीले भनिन्, ‘ट्रम्प प्रशासन अघिल्लो प्रशासनले गर्न नसकेको आप्रवासन कानुन कार्यान्वयन गर्दैछ । कानुन उल्लंघन गर्नेहरूलाई प्रक्रियामा ल्याएर थुनामा राख्ने र कानुनी रूपमा निष्कासन गर्ने काम भइरहेको छ ।’

डिजिटल उपकरणको पनि छानबिन

यही महिना एकजना फ्रेन्च वैज्ञानिकलाई पनि अमेरिका प्रवेश गर्नबाट रोकियो । कारण थियो- अमेरिकी सीमा अधिकारीहरूले ती वैज्ञानिकको मोबाइलमा ट्रम्पको विज्ञान नीतिका बारेमा व्यक्ति आलोचनात्मक विचार भेटे ।

त्यस्तै, लेबननमा आफन्तहरूलाई भेटेर फर्किएकी ब्राउन विश्वविद्यालयकी प्राध्यापक डा. रासा अलाविएहलाई दालाई पनि थुनामा राखियो। उनीसँग भिसा मात्र होइन, निष्कासन रोक्ने अदालतको आदेश पनि थियो । तर नउी अमेरिकाबाट निकालिइन् ।

अमेरिकी अधिकारीहरूका अनुसार उनको मोबाइलमा हिज्बुल्लाह नेताप्रति सहानुभूतिपूर्ण फोटो र भिडियो रेकर्ड गरेको भेटिएको थियो ।

सीमा अधिकारीहरूलाई सीमा पार गर्ने यात्रुहरूको मोबाइल फोन वा कम्प्युटर जाँच गर्न व्यापक अधिकार छ। यद्यपि, अमेरिकी सीमा सुरक्षा विभागका अनुसार, यस्ता जाँचहरू सामान्यतः निकै दुर्लभ हुन्छन् ।

सन् २०२४ मा, अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रुहरूमध्ये ०.०१ प्रतिशतभन्दा कमको मात्र इलेक्ट्रोनिक उपकरण जाँच गरिएको थियो ।

गृह सुरक्षा अधिकारीहरूसँग ‘नेसनल टार्गेटिङ सेन्टर’ नामक ठूलो डाटाबेसमा पहुँच छ, जसले अमेरिकी यात्रुहरू मध्येबाट सम्भावित खतराहरू पत्ता लगाउने काम गर्छ ।

यो डाटाबेसले अन्य राष्ट्रहरूबाट प्राप्त जानकारीको प्रयोग गरी अमेरिकी प्रवेश बिन्दुमा प्रवेश गर्ने पर्यटकहरूलाई जाँच गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...