मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि लागुऔषध गाँजा बरामद, भारतीय नागरिक पक्राउ
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि लागुऔषध गाँजा बरामद, भारतीय नागरिक पक्राउ

: रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि लागुऔषध गाँजा बरामद भएको छ। साथै, विमानस्थल प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा भारतको केरलाका ३५ वर्षीय रथिस कुमार चम्बुकारा गान्धी रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रवक्ता एवं एसपी दीपक श्रेष्ठले बताए। सोमबार दिउँसो थाइल्याण्डको बैंककबाट भैरहवा आएको एयर एसियाको विमानमा गान्धीले लगेजमा लुकाएर ल्याएको ११ किलो २ सय ग्राम गाँजा चेकजाँचको क्रममा बरामद भएको उनले बताए।


बरामद गाँजा १२ थान प्याकेटमा प्याक गरेर ल्याइएको थियो। गाँजासहित पक्राउ परेको भारतीय नागरिकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।



विमानस्थल प्रहरीले यसअघि पनि चैत ४ गते एयर एसियाको विमानमा आएको भारतीय नागरिकको साथबाट साढे सात किलो गाँजा बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विद्यार्थी कम्ती भएका सीटीईभीटीका शिक्षालय बन्द वा समायोजन गर्न सुझाव
— नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ । खरिद ...
— प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । सर्वोच्च अदालत उक्त रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेशी तोकेको हो । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला ...
निर्माण व्यवसायी उठ्नै नसक्ने गरी ठेक्का तोडियो : अध्यक्ष सिंह
— भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण बनेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । 'कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीका कारण पनि आयोजना रूग्ण बनेका छन्,' उनले भने, 'आयोजना ...