मुख्य समाचार
बागलुङको लामीचौरमा ४२ वर्षपछि खानेपानी
बागलुङको लामीचौरमा ४२ वर्षपछि खानेपानी

। बागलुङ नगरपालिका-८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । बयालीस वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौं स्थानीयले पानी उपभोग गर्दैआएका थिए । एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो । सहजै पानी भर्ने पालो आउँदैनथ्यो । विसं २०३९ मा निर्माण गरेको धारा जीर्ण बनेका थिए ।

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ ।




नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो । पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो । यही चैत १ गते मेसिनले करिब एक सय ७० मिटर जमिन खोदेर पानी निकालेको हो । यही चैत ९ गतेदेखि नियमित रुपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए ।

‘गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ’, अध्यक्ष थापाले भने । नगरपालिकाको २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको तीन लाखको लागतमा पानी निकालिएको हो । ‘सिङ्गो गाउँमा पानीको समस्या थियो, दुई सय घरका लागि तीनवटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दैआएका थिए’, उनले बिगतको समस्या बताए ।




स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि आठ घण्टासम्म लाइन बस्नुपरेको सुनाइन् । खानेपानी अभावले धेरैले गाउँ छोड्न बाध्य भएको उनले बताइन् । स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताए । जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुदूरपश्चिम प्रदेशबाट दुई जना राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार भएकाे मतदानमा २२० मत मात्र खसेको छ। स्थानीय तहका दुई र प्रदेशसभाका दुई जना मतदाता अनुपस्थित रहेका हुन्। राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरु कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपा सांसद खेमादेवी बिष्ट अनुपस्थित रहे । सुदूरपश्चिम प्रदेशसभाका ४९ जना राष्ट्रियसभाका लागि मतदाता हुन् । यस्तै, ...
: राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित भएका छन्। कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका थिए। एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट उम्मेदवारी थियो। अन्तिम मत परिणाम अनुसार सहकार्य गरेका काङ्ग्रेस एमालेका उम्मेदवार विजयी भएका ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्। शनिबार राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पूरा गर्नसक्ने बताएका छन्। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट ...
: कोशी प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रशासनिक, प्राविधिक र सुरक्षासम्बन्धी सबै तयारी पूरा भएको जनाएको छ। मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार यसपटक कोशी प्रदेशबाट महिला ...
— नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्ज महानगरले वीरगन्जस्थित रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ । हालको वीरगन्ज महानगरस्थित घण्टाघरमा रहेको प्रस्तावित बीपी उद्यानमा यो संग्रहालय बनाउने योजना महागनरपालिकाको कार्यालयले अघि सारेको हो । यसैको प्रयास स्वरूप प्रस्तावित बीपी उद्यानको जग्गामा शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन ...