मुख्य समाचार
दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज
दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज

। दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै उनी कार्यवाहक राष्ट्रपति पदमा पुनर्बहाली भएका छन् ।

तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए । उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए ।




महाअभियोग खारेज गर्ने अदालतको निर्णय सर्वसम्मत भने थिएन । पाँच न्यायाधीशले महाभियोग खारेज गर्ने पक्षमा मतदान गरेका थिए भने एक न्यायाधीशले त्यसलाई सदर गर्ने पक्षमा मत दिएका थिए । बाँकी दुई न्यायाधीशले महाभियोग प्रस्ताव नै अस्वीकार गर्ने निर्णय गरेका थिए ।

डिसेम्बर २७ मा संसदमा निर्वाचनमार्फत् हानविरुद्ध महाभियोग लगाइएको थियो । त्यसपछि उनी निलम्बित भएका थिए ।




दक्षिण कोरियाको संविधान अनुसार संवैधानिक अदालतले सदर गरेपछि मात्र महाअभियोग प्रमाणित हुन्थ्यो र प्रधानमन्त्री हान पदमुक्त हुने थिए । तर संवैधानिक अदालतले महाअभियोग खारेज गरेकाले उनी पुनः पदमा फर्किने बाटो खुलेको छ ।

राष्ट्रपति योलले राष्ट्रिय सुरक्षामा असर पर्ने गतिविधि भएको भन्दै मार्शल ल (सैनिक शासन) लागू गर्ने निर्णय गरेका थिए । तर, आफ्नै दलका केही नेता र मुख्य प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी अफ कोरियाका नेताहरुले विरोध जनाएपछि उनले ६ घण्टाभित्रै निर्णय बदलेका थिए ।

तर उनी पदमा रहन योग्य नभएको भन्दै प्रमुख प्रतिपक्षी दललगायतले महाअभियोग प्रस्ताव ल्याएका थिए । उनकै पार्टीका केही सांसदहरुले समेत मत दिएपछि महाअभियोग संसदबाट पास भएको थियो । त्यसपछि राष्ट्रपतिको अनुपस्थितिमा तत्कालीन प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए । तर, योललाई साथ दिएको भन्दै हानविरुद्ध पनि महाअभियोग लागेको थियो ।



तर संवैधानिक अदालतको सोमबारको फैसलामा न्यायाधीशहरू मुन ह्युंग–बे, ली मी–सोन, किम ह्युंग–डु, जुङ जुङ–मी र किम बोक–ह्योङले हानको महाभियोग खारेज गरिदिए । उनीहरूले हानविरुद्ध लगाइएका आरोपहरू महाभियोगका लागि पर्याप्त नभएको निष्कर्ष निकालेको कोरिया हेराल्ड डटकमले जनाएको छ ।

फैसला स्थानीय समय अनुसार बिहान १०ः२० बजे आएलगत्तै हान कार्यवाहक राष्ट्रपतिको रूपमा कार्यालय फर्किएका छन् । उनले गभर्नमेन्ट कम्प्लेक्स सउलमा सञ्चारकर्मीहरूका प्रश्नको उत्तर दिने, आपतकालीन सुरक्षा बैठक गर्ने र वित्तमन्त्री चोई सांग–मोकसँग भेटघाट गर्ने लगायतका काम गरेका छन् । उनले चोईले हानको अनुपस्थितिमा कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरेका छन् ।

८८ दिनपछि भएको हानको पुनर्बहाली भए पनि कोरियाको विवाद मत्थर हुने सम्भावना भने कम रहेको कोरिया हेराल्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...