मुख्य समाचार
भन्सार जाँचपास गरिसकेका व्यक्तिहरू जब पार्किङ क्षेत्रमा ४१० थान ‘भेप’सहित पक्राउ परे
भन्सार जाँचपास गरिसकेका व्यक्तिहरू जब पार्किङ क्षेत्रमा ४१० थान ‘भेप’सहित पक्राउ परे

: दुबईबाट अवैध रूपमा पठाइएको ४१० वटा विद्युतीय चुरोट प्रहरीले बरामद गरेको छ। त्रिभुवन विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रबाट अवैध भेप, केही मोबाइल, आइफोन, म्याकबुक, डेल कम्पनीको ल्यापटप र अन्य महँगा सामानसहित चार जना पक्राउ परेका छन्।


पक्राउ पर्नेमा उदयपुरका ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीकी २६ वर्षीय सलिना वर्देवा, पर्वतका २४ वर्षीय सौगात क्षेत्री र मोरङका ४६ वर्षीय सुरेन्द्र घिसिङ छन्। योगेन्द्र र सलिनाले सामान बोकेर नेपाल आएका थिए भने सौगात र सुरेन्द्र उक्त सामान लिनका लागि त्रिभुवन विमानस्थलको पार्किङ एरिया पुगेका थिए।


उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार उनीहरूले ल्याएको सुटकेस विमानस्थलको सुरक्षा जाँचपास भएर बाहिरिएको थियो। भन्सार पाससमेत भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि पनि पटक-पटक भन्सार पास भएर भेप बाहिरिएका थिए। भेपमा सुन लुकाएर अवैध रूपमा तस्करी गरिएको घटनामा पूर्व सभामुख कृष्णबहादुर महरासमेत जोडिएका थिए।




फ्लाई दुबईको उडानबाट नेपाल फर्किएका योगेन्द्र र सलिनाले बोकेको सुटकेटबाट उक्त सामानहरू फेला परेको हो। योगेन्द्र भिजिट भिसामा दुबई गएका थिए। फर्किँदा उनलाई अपरिचित व्यक्तिले नेपालसम्म पुग्ने टिकट काटीदिने प्रलोभन दिए। टिकटको लोभमा उनले उक्त व्यक्तिले दिएको सुटकेस नेपाल लैजान सहमत भए। सुटकेसमा के छ? कसको हो, सोधीखोजी गरेनन्। छानबिनमा संलग्न प्रहरीका अनुसार उक्त सुटकेस लिन विमानस्थलमै मान्छे आउने योगेन्द्रलाई बताइएको थियो।

सिन्धुलीकी सलिना वैदेशिक रोजगारीका लागि दुबईमा थिइन्। उनी दुबई नफर्किनेगरी नेपाल फर्किँदै थिइन्। उनलाई पनि योगेन्द्रजस्तै अपरिचित व्यक्तिले नेपालसम्म सुटकेस पुर्‍याइदिन आग्रह गरेका थिए। काठमाडौंदेखि झापासम्म प्लेन टिकट काट्ने प्रलोभन देखाएपछि सालिना सुटकेस ल्याउन राजी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
विमानस्थलको पार्किङ एरियामा शंकास्पद गतिविधि देखाएपछि प्रहरीले उनीहरूलाई निगरानी गरेको थियो। सोधपुछका क्रममा उनीहरूले ल्याएको सुटकेस आफ्नो नभएको बताएपछि प्रहरीले बरामद गरेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता आर्चायले गत साउनदेखि कुनै पनि बहानामा विद्युतीय चुरोप 'भेप' नेपाल ल्याउन नपाइने बताए। सरकारले नै यसलाई बन्देज लगाएको उनको भनाइ छ।

'बरामद भएको सामानको धनी अन्य व्यक्ति भएको प्रहरीले पत्ता लगाएको छ। पक्राउ परेका व्यक्तिहरूले दिएको बयान अनुसार प्रहरीले अवैध कारोबार गर्ने व्यक्तिलाई निगरानी बढाएको हो। ती व्यक्तिले यसअघि पनि यस्ता सामान मगाउने र भन्सार छली गर्ने गरेको प्रहरी अनुमान छ,' प्रवक्ता आचार्यले भने।

उनीहरूलाई भन्सार छलीको कसूरमा थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मानिसको बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकारलाई खुम्च्याउँदै लगेको बताएका छन्। सिंहदरबारभित्र प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष लिङ्देनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, राप्रपाका नेताहरूको रिहाइ हुनुपर्ने माग गरेका छन्। उनले सरकार जनताबाट टाढा हुँदै गएको आरोपसमेत ...
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...