मुख्य समाचार
भन्सार जाँचपास गरिसकेका व्यक्तिहरू जब पार्किङ क्षेत्रमा ४१० थान ‘भेप’सहित पक्राउ परे
भन्सार जाँचपास गरिसकेका व्यक्तिहरू जब पार्किङ क्षेत्रमा ४१० थान ‘भेप’सहित पक्राउ परे

: दुबईबाट अवैध रूपमा पठाइएको ४१० वटा विद्युतीय चुरोट प्रहरीले बरामद गरेको छ। त्रिभुवन विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रबाट अवैध भेप, केही मोबाइल, आइफोन, म्याकबुक, डेल कम्पनीको ल्यापटप र अन्य महँगा सामानसहित चार जना पक्राउ परेका छन्।


पक्राउ पर्नेमा उदयपुरका ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीकी २६ वर्षीय सलिना वर्देवा, पर्वतका २४ वर्षीय सौगात क्षेत्री र मोरङका ४६ वर्षीय सुरेन्द्र घिसिङ छन्। योगेन्द्र र सलिनाले सामान बोकेर नेपाल आएका थिए भने सौगात र सुरेन्द्र उक्त सामान लिनका लागि त्रिभुवन विमानस्थलको पार्किङ एरिया पुगेका थिए।


उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार उनीहरूले ल्याएको सुटकेस विमानस्थलको सुरक्षा जाँचपास भएर बाहिरिएको थियो। भन्सार पाससमेत भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि पनि पटक-पटक भन्सार पास भएर भेप बाहिरिएका थिए। भेपमा सुन लुकाएर अवैध रूपमा तस्करी गरिएको घटनामा पूर्व सभामुख कृष्णबहादुर महरासमेत जोडिएका थिए।




फ्लाई दुबईको उडानबाट नेपाल फर्किएका योगेन्द्र र सलिनाले बोकेको सुटकेटबाट उक्त सामानहरू फेला परेको हो। योगेन्द्र भिजिट भिसामा दुबई गएका थिए। फर्किँदा उनलाई अपरिचित व्यक्तिले नेपालसम्म पुग्ने टिकट काटीदिने प्रलोभन दिए। टिकटको लोभमा उनले उक्त व्यक्तिले दिएको सुटकेस नेपाल लैजान सहमत भए। सुटकेसमा के छ? कसको हो, सोधीखोजी गरेनन्। छानबिनमा संलग्न प्रहरीका अनुसार उक्त सुटकेस लिन विमानस्थलमै मान्छे आउने योगेन्द्रलाई बताइएको थियो।

सिन्धुलीकी सलिना वैदेशिक रोजगारीका लागि दुबईमा थिइन्। उनी दुबई नफर्किनेगरी नेपाल फर्किँदै थिइन्। उनलाई पनि योगेन्द्रजस्तै अपरिचित व्यक्तिले नेपालसम्म सुटकेस पुर्‍याइदिन आग्रह गरेका थिए। काठमाडौंदेखि झापासम्म प्लेन टिकट काट्ने प्रलोभन देखाएपछि सालिना सुटकेस ल्याउन राजी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
विमानस्थलको पार्किङ एरियामा शंकास्पद गतिविधि देखाएपछि प्रहरीले उनीहरूलाई निगरानी गरेको थियो। सोधपुछका क्रममा उनीहरूले ल्याएको सुटकेस आफ्नो नभएको बताएपछि प्रहरीले बरामद गरेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता आर्चायले गत साउनदेखि कुनै पनि बहानामा विद्युतीय चुरोप 'भेप' नेपाल ल्याउन नपाइने बताए। सरकारले नै यसलाई बन्देज लगाएको उनको भनाइ छ।

'बरामद भएको सामानको धनी अन्य व्यक्ति भएको प्रहरीले पत्ता लगाएको छ। पक्राउ परेका व्यक्तिहरूले दिएको बयान अनुसार प्रहरीले अवैध कारोबार गर्ने व्यक्तिलाई निगरानी बढाएको हो। ती व्यक्तिले यसअघि पनि यस्ता सामान मगाउने र भन्सार छली गर्ने गरेको प्रहरी अनुमान छ,' प्रवक्ता आचार्यले भने।

उनीहरूलाई भन्सार छलीको कसूरमा थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘टास्क फोर्स’ ले स्वास्थ्य परीक्षण गर्ने संस्था अनुगमन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका स्वास्थ्य संस्थामा टास्क फोर्सले अनुगमन थालेको हो । स्वास्थ्य परीक्षण सम्बन्धी उजुरी आएका मेडिकलहरूमा टास्क फोर्सले अनुगमन थालेको मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म १६ वटा मेडिकलमा ...
। इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले इन्स्पेक्टर महतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । चितवन प्रहरीका एक अधिकृत भन्छन्, ‘उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले महतलाई हिरासतमा लिएको हो । उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको ...
। प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको ...
। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् । अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले ...