मुख्य समाचार
गृहमन्त्रीका दुई प्रस्ताव- विवाहको उमेर घटाउने कि रोमियो जूलियट मोडलमा जाने
गृहमन्त्रीका दुई प्रस्ताव- विवाहको उमेर घटाउने कि रोमियो जूलियट मोडलमा जाने

गृहमन्त्री रमेश लेखकले बालबालिका सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।




उनले विवाहको उमेरको विषयमा गम्भीर तरिकाले सोच्नुपर्ने बेला भएको पनि बताए ।

‘विवाहको उमेरको विषयमा अत्यन्तै गम्भीर तरिकाले सोच्न आवश्यक छ । हामीले बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्नेबारे सोच्नुपर्छ,’ गृहमन्त्री लेखकले भने, ‘संशोधनको प्रक्रिया अहिले मन्त्रिपरिषद्‌मा विचाराधीन छ । संशोधन विधेयक तयार छ । त्यस विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर पनि हामी छलफल गरिरहेका छौं ।’




जसका लागि दुईवटा उपायहरू रहेको गृहमन्त्री लेखकले बताए ।

एउटा, विवाहको उमेर घटाउने ।

दोस्रो, रोमियो जूलियट मोडलमा जाने ।

‘यसमा दुईवटा उपाय छन् । एउटा, विवाहको उमेर घटाएर १८ मा लैजाऔं भन्ने छ । अन्तर्राष्ट्रिय अभ्यास चाहिँ रोमियो जूलियट ल प्रयोग गर्ने कि भन्ने छ,’ गृहमन्त्री लेखकले भने ।

रोमियो जुलियट मोडलबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले भने, ‘रोमियो जुलियट लले के भन्छ भने, १८ वर्ष विवाहको उमेर तोक्यो मानौं । १६ देखि १८ वर्षसम्मको उमेरमा पनि उनीहरूको शारिरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न मिल्दैन भन्ने कन्सेप्ट छन् ।’

त्यसका लागि केही अन्तर्राष्ट्रिय शर्त रहेको भन्दै त्यसमा पनि सजक हुनुपर्ने उनले बताए ।

‘त्यसका केही शर्त छन् । अन्तर्राष्ट्रिय कन्सेप्टमा पनि मानौं,’ उनले भने ।

अहिले तत्काललाई उमेर घटाएर अघि बढ्ना पनि विषयवस्तुको समाधान हुनसक्ने गृहमन्त्री लेखकको भनाइ छ ।

यस विषयमा थप छलफल गरेर सुझाव दिन गृहमन्त्री लेखकले सांसदहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा केही भएन भनेर गलत भाष्यको भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्त्री दाहालले गफभन्दा तथ्यले भ्रम चिर्नुपर्ने बताए । नेपालमा पूर्वाधार निर्माण तीव्र भइरहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको ...