मुख्य समाचार
ट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयन गर्न अध्यागमन अधिकारीहरूलाई करदाता डाटा प्रयोग गर्न दिने
ट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयन गर्न अध्यागमन अधिकारीहरूलाई करदाता डाटा प्रयोग गर्न दिने

। अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) ले ट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयन गर्न अध्यागमन अधिकारीहरूलाई करदाता डाटा प्रयोग गर्न दिने भएको छ ।

अमेरिकी अध्यागमन एजेन्सी (आईस) सँग प्रस्तावित सम्झौता सफल भएमा कागजात नभएका आप्रवासीहरूको व्यक्तिगत विवरणलाई हस्तान्तरण गर्न सकिने बाटो खुल्नेछ । यसले गैरकानुनी रूपमा अमेरिका बसेका आप्रवासीका लागि थप संकट निम्तिने छ ।




सम्झौताअन्तर्गत, आईआरएसले कागजात नभएका आप्रवासीहरूको नामलाई आफ्नो गोप्य करदाता डाटाबेससँग क्रस-रेफरेन्स गर्नेछ । योसँगै आप्रवासीहरूमाथि कारबाहीको जोखिम बढाउनेछ।

अमेरिकामा व्यक्तिको कर जानकारी लामो समयदेखि सुरक्षित मानिन्छ । तर आईआरएस र आईएसबीच प्रस्तावित सम्झौता अगाडि बढेमा कर जानकारीको गोपनीयता सम्बन्धी अमेरिका अभ्यास तोडिनेछ । यसलाई अमेरिकी कर प्रणालीको ऐतिहासिक मान्यताविरोधी कदम भनेर अधिकारकर्मीहरूले टिप्पणी गरेका छन् ।




यो सम्झौतासँगै अध्यागमन अधिकारीहरूलाई ट्रम्प प्रशासनको देशनिकाला एजेन्डा समर्थन गर्न करदाता डाटा प्रयोग गर्न अनुमति दिनेछ।

सीएनएनका अनुसार केही सातादेखिको वार्तापछि, प्रशासनका अधिकारीहरू एक यस्तो सम्झौता नजिक छन्, जसले आईस अधिकारीहरूलाई वैधानिक स्थिति नभएका आप्रवासीहरूका नाम र ठेगाना आईआरएसलाई बुझाउन र ती विवरणहरूलाई गोप्य डाटाबेसमा जाँच गर्न अनुमति दिनेछ।

यसबारे द वासिङ्टन पोस्टले शनिबार पहिलो पटक समाचार प्रकाशित गरेको थियो। ट्रम्प प्रशासनको अध्यागमन नीतिहरू कार्यान्वयन गर्न संवेदनशील करदाता जानकारी प्रयोग गर्ने विषयले आईआरएसका अनुभवी अधिकारीहरूलाई त्रसित बनाएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् ।

कर तिर्दा पनि जोखिममा आप्रवासीहरू

कागजात नभएका आप्रवासीहरूले आफ्नो वैध कागजात नभए पनि आईआरएसलाई कर तिर्दै आएका छन्। उनीहरूले सामाजिक सुरक्षा नम्बर नपाए पनि व्यक्तिगत करदाता नम्बर (आईटीआईएन) को माध्यमबाट आयकर फाइल गर्न सक्छन्।

तथ्याङ्कअनुसार, अमेरिकामा रहेका करिब एक लाख १० हजार कागजातविहीन आप्रवासीहरूमध्ये आधाभन्दा बढीले हरेक वर्ष सरकारलाई कर तिर्छन्।

तर यो प्रस्तावित सम्झौताले उनीहरूले सरकारसँग बाँडेको कर जानकारी अध्यागमन कारबाहीका लागि प्रयोग हुने सम्भावना बढाएको छ। यसले गोपनीयता उल्लङ्घनको गम्भीर जोखिम उत्पन्न गरेको भन्दै मानव अधिकारकर्मीहरू र आप्रवासी वकालत समूहहरूले चर्को आलोचना गरेका छन् ।

कर प्रणालीमा अध्यागमन कारबाहीको प्रवेश

अहिलेसम्म आईआरएसको करदाता डाटा प्रायः आपराधिक अनुसन्धानमा सीमित मात्र प्रयोग हुँदै आएको थियो। तर, ट्रम्प प्रशासनको यो कदमले उक्त तथ्याङ्कलाई अध्यागमन कारबाहीको हतियारका रूपमा प्रयोग गर्ने नयाँ बाटो खोलेको छ ।

ट्रम्प प्रशासनले कठोर आप्रवासन नीति लागु गर्नेक्रममा यो कदम अगाडि बढाउन खोजेको हो । ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै कागजातविहीन आप्रवासीहरूलाई लक्षित गर्दै देशनिकाला नीति कडा पार्दै आएका छन्।

आप्रवासी समुदायमा भय

आईआरएसको प्रस्तावित डाटा साझेदारी सम्झौताले कागजातविहीन आप्रवासीहरूमा भयको वातावरण सिर्जना गरेको छ। उनीहरूको कर फाइल गर्दा सुरक्षित हुने विश्वास समाप्त हुन सक्ने खतरा छ।

विश्लेषकहरूले यो कदमले कर प्रणालीप्रतिको विश्वासलाई कमजोर पार्ने चेतावनी दिएका छन्। यसले अमेरिकी कर प्रणालीमा दीर्घकालीन असर पुर्‍याउन सक्ने देखिएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् ।

यस कदमलाई ट्रम्प प्रशासनको ‘शक्तिको दुरुपयोग’ भन्दै आलोचना गर्नेहरू पनि छन्। गोपनीयता अधिकारका हिमायतीहरूले यसलाई कानुनी र नैतिक मान्यताको उल्लङ्घन भएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— युएईको अबुधावीमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय बैठक सम्पन्न भएको छ । रुसको सरकारी समाचार एजेन्सी तासले अज्ञात स्रोतको हवाला दिदैं ‘केही परिणाम प्राप्त भएको’ जनाएको छ । केही समयपछि युएईमा फेरि बैठक बस्नसक्ने रुसी सञ्चारमाध्यम आरटीले जनाएको छ । युक्रेनी अधिकारीहरुले पनि यस वार्ता सकारात्मक रहेको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले ...
— फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्‍याएका छन् । 'मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार गर्न सकियोस्,' उनले बीएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैंले रेकर्ड गरेको भिडियोमा भनेका छन् । भिडियोमा उनले यसलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर) को सुरुदेखि ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी दिएका छन् । व्यापार सम्झौता अघि बढाए क्यानडाबाट अमेरिकामा आउने सामाग्रीमा एक समय प्रतिशत कर लगाउने धम्की उनले दिएका छन् । जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले स्वदेशी सामान प्रयोग गर्न आव्हान गरेका छन् । ‘हामी क्यानडियन सामाग्री किन्ने छौं । हामी क्यानडालाई बनाउनेछौं,’ ...
— इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । भारी वर्षापछि शनिबार बिहान २: ३० बजे पश्चिम बाण्डु्ग जिल्लामा पहिरो गएको थियो । यसले धेरै घरमा क्षति पुगेको छ । इन्डोनेशियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) का प्रवक्ताले भने, 'शनिबार विहान पश्चिम जाभा प्रान्तको पश्चिम ...
— अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ५० राज्यमध्ये ३० वटा राज्यमा भारी हिमपात, हिमआँधी, बरफ र बर्सातका कारण जनजीवन प्रभावित भएको हो । शुक्रबारबाट तीन दिनसम्म अमेरिकाका ३० वटा राज्यमा निरन्तर हिमपातसँगै आँधी, वर्षाका कारण १८ करोडको जनजीवन प्रभावित हुने द नेसनल वेदर सर्भिस (एनडब्लूएस) ले जनाएको छ । ‘उत्तरी क्षेत्रमा भारी ...