मुख्य समाचार
कैलालीको जंगल क्षेत्रमा बसिरहेका विदेशी नागरिक फर्किन अटेर
कैलालीको जंगल क्षेत्रमा बसिरहेका विदेशी नागरिक फर्किन अटेर

। कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकहरुलाई २४ घण्टाभित्र फर्किन स्थानीय प्रशासनले निर्देशन दिए पनि उनीहरुले अटेर गरेका छन् ।

दुई हप्ता अगाडिदेखि सामूहिक रुपमा बस्दै आएकाहरुमध्ये केही फर्किए पनि अझै करिब ६० जना त्यहीँ बसिरहेका छन् ।




प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गत विहीबार उनीहरुलाई भेटेर २४ घण्टाभित्र जंगल छाड्न निर्देशन दिएका थिए । निर्देशनपछि केही फर्किएका र केही अझै त्यहीँ बसिरहेका प्रजिअ हमालले बताए । ‘अझै करिब ६०-७० जना बाँकी छन्, उनीहरु पनि बिस्तारै फर्किने क्रममा छन्,’ प्रजिअ हमालले भने, ‘आज–भोलिमै फर्किन्छन् होला ।’

उनीहरु पर्यटक भिसामा नेपाल आएका थिए । प्रमुख जिल्ला अधिकारी हमालका अनुसार त्यहाँ भारत, अमेरिका, चीन, जापान लगायत ३८ देशका एक सय बढी नागरिकहरु छन् । उनीहरू त्यहाँ अर्धनग्न भएर बस्ने, खानपान, नाचगान गर्ने लगायतका गतिविधि गर्दै आएका छन् ।




विदेशी नागरिकहरु जंगल क्षेत्रमा बसेर ‘अस्वाभाविक’ गतिविधि गर्दै आएको सूचना पाएपछि गत बिहीबार प्रमुख जिल्ला अधिकारी हमाल उनीहरु बसेको ठाउँमै पुगेर २४ घण्टाभित्र जंगल छाड्न भनेका थिए । तर उनीहरुले निर्देशन अटेर गरेका छन् ।

उनीहरु फर्किन अटेर गरे पनि बसिरहेको स्थानमा जंगल, समुदाय कसैलाई पनि प्रत्यक्ष क्षति नपुर्‍याएको भन्दै स्थानीय प्रशासनले बल पनि प्रयोग गरेको छैन । तर निगरानी भने बढाइएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

उनीहरुले प्रकृतिमा रमाउन विभिन्न देशमा घुम्ने गरेको र त्यहीक्रममा नेपाल आएको बताएका छन् । उनीहरुले आफूलाई ‘रेन्बो फेमिली ग्यादरिङ’ समूहका सदस्य भएको ‘नेचर लभर’ भएको बताएका छन् ।

विकीपीडियाका अनुसार रेन्बो फ्यामिली एक स्वतन्त्र, प्राकृतिक जीवनशैली अपनाउने र शान्तिको पक्षमा उभिने समुदाय हो । उनीहरुले स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतबाट थप विद्युत् आपूर्ति हुने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति गरेको हो। इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। उक्त विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ। हालः भारतले ...
— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद् अवरोध गर्नु गलत भएको बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीहरूको माग गलत भएको बताए । उनले केही महिना मात्रै पदावली बाँकी रहेका घिसिङलाई पदमुक्त ...
— सशस्त्र प्रहरी बलले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। खोटाङ लामिडाँडा-७ का २१ वर्षीय सागर श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका-५ खोलेसिमलका ४५ वर्षीय लक्ष्मी परियारलाई करिब ७ किलोग्राम पोलाइन्ड नामक लागूऔषधसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका ...
: समाजवादी मोर्चाले चैत १५ मा गर्न लागेको जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको छ। नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले गणतन्त्र पक्षधरको जनप्रदर्शनलाई कमजोर बनाउन अवरोध गर्ने सोँच देखिएको भन्दै जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको हो। बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाको जनप्रदर्शनलाई अवरोध गर्ने मुर्खतापूर्ण काम नगर्न चेतावनी दिए। ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पछिल्लो समय भइरहेका विरोधलाई लिएर अनावश्यक रूपमा त्रास फैलाइएको बताएका छन् । महिला उद्यमी महासंघद्वारा बिहीबार ललितपुरमा आयोजित आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स-साना विरोध र जुलुस सधैं हुने गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले एउटा विदेशी दूतावासले सूचना जारी गरेर अनावश्यक प्रचार ...