। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको सांकेतिक विरोध गरेका छन् ।
लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन् ।
लामिछानेले कुनै प्रतिक्रिया भनेका दिएका छैनन् ।
मौन देखिएका उनले सांकेतिक रुपमा केहीबेर मैनबत्ति बालेर बसेका हुन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयको सत्तारुढ दलबाटै पनि विरोध सुरु भएको छ ।