मुख्य समाचार
साउदीमा ९ महिनामा १ सय ३६ नेपालीको मृत्यु
साउदीमा ९ महिनामा १ सय ३६ नेपालीको मृत्यु

: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको छ। साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि चैत १० सम्म मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको हो। नौ महिनाभित्र विभिन्न कारणले मृत्यु भएका १ सय ३६ नेपालीको शवमध्ये १२१ वटा नेपाल पठाइएको छ। बाँकी १५ शव विभिन्न प्रक्रियामा रहेको र चाँडै नेपाल पठाउने तयारी रहेको दूतावासले जनाएको छ।


दूतावासका अनुसार मृत्युको कारण अनेक भएपनि प्राकृतिक दुर्घटनामा परी ज्यान गुमाउनेहरू सबैभन्दा बढी छन्। दूतावासका अनुसार कार्य दुर्घटनामा १६ जना ,प्राकृतिक दुर्घटनामा ७० जना,अज्ञात कारणबाट १० जना, आत्महत्यामा १६ जना,ट्राफिक दुर्घटनामा २१ जना ,पानीमा डुबेर १ जना र एस्फिक्सिया २ जना नेपालीको मृत्यु भएको खुलेको छ।


साथै मृतक नेपाली कार्यरत कम्पनीबाट पाउनुपर्ने सेवा सुविधालगायतका विभिन्न कार्यहरू पूरा गरी शव नेपाल पठाइएको हो। साउदीको हकमा इन्सुरेन्स (गोसी) बाट प्राप्त हुने रकमलाई प्रक्रिया पुर्‍याएर परिवारलाई पठाउने र शव नेपाल पठाउन कम्पनीअनुसार करिब दुई हप्तादेखि एक महिनासम्म लाग्ने जनाइएको छ। आत्महत्या केसमा भने शव पठाउन अवस्था हेरी तीन महिनासम्म लाग्ने जनाइएको छ।



नेपाली राजदूत डा. नरेश विक्रम ढकालले वैदेशिक रोजगारीको क्रममा साउदी अरबिया पुगेका नेपालीहरूको अकालमा मृत्यु भएकोमा दुःख व्यक्त गर्दै यस्तो दुर्घटनाबाट बच्न स्वयं सजक रहनुपर्ने बताए ।

राजदूतथ ढकालले बाँकी रहेका मृतक नेपालीको शव चाँडो स्वदेश पठाउनका लागि सम्बन्धित निकायसँग छलफल गरी प्रकिया अगाडि बढाएको जानकारी दिए।

साथै उनले कार्यरत नेपालीलाई साउदी कानुनको पालना गरी सम्बन्धित कम्पनीको नियममा रहेर कार्य सम्झौताअनुसार कार्य गर्न आग्रह समेत गरे। साउदीका लागि पर्यटक दूत तथा एनआरएनए मध्यपूर्वक संयोजक राजेन्द्र अर्यालले ९ महिनाभित्र यति धेरै नेपालीको मृत्युको खबरले दुःखी बनाएको भन्दै समयमा सजगता अपनाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...