मुख्य समाचार
अस्ट्रेलियाको ब्रिसबेनको ऐतिहासिक गाबा क्रिकेट रंगशाला भत्काइने
अस्ट्रेलियाको ब्रिसबेनको ऐतिहासिक गाबा क्रिकेट रंगशाला भत्काइने

। अस्ट्रेलियाको ब्रिसबेनमा रहेको प्रसिद्ध गाबा क्रिकेट स्टेडियम सन् २०३२ को ओलम्पिक खेलपछि भत्काइने भएको छ । यसको बदलामा भिक्टोरिया पार्क क्षेत्रमा ६० हजार दर्शक क्षमताको नयाँ आधुनिक रंगशाला निर्माण गरिनेछ, जुन क्वीन्सल्यान्डको नयाँ क्रिकेट केन्द्र बन्नेछ।

क्वीन्सल्यान्डका प्रिमियर डेविड क्रिसाफुलीले मंगलबार यो योजना सार्वजनिक गर्दै क्रिकेटको भविष्य सुनिश्चित भएको बताएका हुन्। यसअघि गाबाको मर्मतका लागि २.७ अर्ब अष्ट्रेलियन डलर बजेट छुट्याइएको थियो, तर खर्च अत्यधिक भएपछि परियोजना स्थगित गरिएको थियो।




क्रिकेट अष्ट्रेलियाले यो निर्णयको स्वागत गर्दै भनेको छ, ‘नयाँ स्टेडियमले ब्रिसबेनलाई उत्कृष्ट अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूको केन्द्र बनाउनेछ।’ गाब्बाले सन् १९३१ देखि टेस्ट क्रिकेट आयोजना गर्दै आएको थियो, तर अब नयाँ रंगशालाले त्यसको स्थान लिनेछ।

गाबा स्टेडियम आफ्नो तेज बल र उचाइयुक्त पिचका कारण परिचित छ, जसले यसलाई तीव्र गतिका बलरहरूका लागि अनुकूल मैदान बनाएको छ। यही विशेषताको कारण यो गाबा ‘ग्याबाटोइर’ उपनामले समेत परिचित छ।




सन् १९८८ देखि २०२१ सम्म, गाब्बा अष्ट्रेलियाको सबैभन्दा सुरक्षित क्रिकेट मैदान रह्यो, जहाँ अष्ट्रेलियाले लगातार अपराजित यात्रा कायम राख्यो। विशेषगरी अधिकांश टेस्ट खेलहरू अष्ट्रेलियाली समरको पहिलो टेस्टका रूपमा यहाँ खेलिने गर्थे, जसले घरेलु टोलीलाई बलियो सुरुवात दिलाउँथ्यो।

२०२१ मा भारतले गाबामा अस्ट्रेलियालाई हराएपछि त्यो ऐतिहासिक अपराजित यात्रा टुङ्गिएको थियो। तथापि गाबाको तेज विकेट र बलरहरूलाई प्रदान गर्ने फाइदाका कारण यो मैदान क्रिकेट इतिहासमा विशेष स्थान राख्नेछ।

सन् २०२८ को ओलम्पिकमा क्रिकेट समावेश भएमा गाबाले अन्तिम अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न सक्ने बताइएको छ। क्रिकेट क्वीन्सल्यान्डका सीईओ टेरी स्वेन्सनले गाबाले धेरै अविस्मरणीय क्षण दिएको भएपनि अब भविष्यतर्फ हेर्ने बेला आएको बताए ।

सन् २०३२ ओलम्पिकसँगै अष्ट्रेलियाका अन्य प्रमुख रंगशाला विकास योजनाहरू अघि बढ्दै छन्, जसले देशलाई ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू आयोजना गर्न बलियो बनाउने बुझिएको छ।

-एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...