मुख्य समाचार
नेपाल पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित
नेपाल पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको छ। यो पुलिसको प्रतियोगितामा आठौं जित हो। लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले १४७ रन बनाएको थियो। पुलिसले दिएको १४८ को लक्ष्य पछ्याएको कर्णाली प्रदेश २४ ओभरमा अलआउट हुँदै १०३ रन बनायो।


पुलिसका बाँया हाते स्पिनर ललित राजवंशीको स्पिन अट्याकले कर्णालीका २ ब्याटरले भन्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। उनले ९ ओभर बलिङ गर्दै ४१ रन खर्चिएर ६ विकेट लिए। कर्णालीका लागि ओपनर रविन्द्र शाहीले सर्वाधिक ४९ रन बनाए। उनले ३२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्जुन घर्तीले ३० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।


पुलिसका बलर सागर ढकालले २ र करण केसीले १ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो। पुलिसका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ३६ रन बनाए। उनले ६० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।



दिलिप नाथले ३४ रन बनाउँदा श्रवण यादवले ११ रन बनाए। सागर ढकाल २२ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका लागि बलिङतर्फ अनुज चनराले सर्वाधिक ४ विकेट लिए। कप्तान दिवान पुनले ३ विकेट लिँदा दिने अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले समान १–१ विकेट लिए। यससँगै कर्णालीले यो प्रतियोगिता सकेको छ। कर्णालीले लिगको ९ खेलमा ४ जित र ५ हारसहित प्रतियोगिता सकेको हो। पुलिसले भने आफ्नो अन्तिम खेल त्रिभुवन आर्मीसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...