मुख्य समाचार
नेपाल पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित
नेपाल पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको छ। यो पुलिसको प्रतियोगितामा आठौं जित हो। लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले १४७ रन बनाएको थियो। पुलिसले दिएको १४८ को लक्ष्य पछ्याएको कर्णाली प्रदेश २४ ओभरमा अलआउट हुँदै १०३ रन बनायो।


पुलिसका बाँया हाते स्पिनर ललित राजवंशीको स्पिन अट्याकले कर्णालीका २ ब्याटरले भन्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। उनले ९ ओभर बलिङ गर्दै ४१ रन खर्चिएर ६ विकेट लिए। कर्णालीका लागि ओपनर रविन्द्र शाहीले सर्वाधिक ४९ रन बनाए। उनले ३२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्जुन घर्तीले ३० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।


पुलिसका बलर सागर ढकालले २ र करण केसीले १ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो। पुलिसका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ३६ रन बनाए। उनले ६० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।



दिलिप नाथले ३४ रन बनाउँदा श्रवण यादवले ११ रन बनाए। सागर ढकाल २२ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका लागि बलिङतर्फ अनुज चनराले सर्वाधिक ४ विकेट लिए। कप्तान दिवान पुनले ३ विकेट लिँदा दिने अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले समान १–१ विकेट लिए। यससँगै कर्णालीले यो प्रतियोगिता सकेको छ। कर्णालीले लिगको ९ खेलमा ४ जित र ५ हारसहित प्रतियोगिता सकेको हो। पुलिसले भने आफ्नो अन्तिम खेल त्रिभुवन आर्मीसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम