मुख्य समाचार
निजामती कर्मचारीमा कुलिङ पिरियड राख्ने कि नराख्ने भन्ने विषयमा संसदीय उपसमिति छलफलमा
निजामती कर्मचारीमा कुलिङ पिरियड राख्ने कि नराख्ने भन्ने विषयमा संसदीय उपसमिति छलफलमा

। निजामती कर्मचारीमा कुलिङ पिरियड राख्ने कि नराख्ने भन्ने विषयमा संसदीय उपसमिति छलफलमा छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले यी सहितका विषयमा सहमति जुटाउन ११ सदस्यीय उपसमिति गठन गरेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले हालै मुख्यसचिव एकनारायण अर्याल लगायतसँग छलफल गरेको छ ।




छलफलमा मुख्यसचिव एकनारायण अर्यालले निजामतीमा कुलिङ पिरियड आवश्यक हो वा होइन भनेर गम्भीर हुन सांसदहरूलाई सुझाएका छन् ।

उपसमितिका सदस्यहरूका अनुसार मुख्यसचिव अर्यालले निजामती कर्मचारीमा कुलिङ पिरियड राख्ने विषय तत्काल आवश्यक नरहेको बताएका छन् ।




‘सेना, प्रहरी, न्याय सेवामा कुलिङ पिरियड नचाहिने, निजामतीमा मात्रै किन ? यसकारण निजामतीमा मात्रै कुलिङ पिरियड राखिए मर्का हुन्छ’ उपसमितिलाई मुख्यसचिव आर्यालको राय छ ।

मुख्यसचिवको राय ग्रहण गर्ने कि नगर्ने विषय संसदीय उपसमितिमा रहेको तर, मुख्यसचिवले भने कुलिङ पिरियड राखिए मर्कामा परिने भनेर विरोध जनाएको उपसमितिका सदस्यहरूले जानकारी दिएका हुन् ।

कुलिङ पिरियडको विषयमा कुरा नमिलेपछि संसदीय उपसमितिले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र लोकसेवा आयोगको राय मागेको छ ।

दुवै निकायबाट राय प्राप्त भएपछि त्यसआधारमा निर्णयमा पुगिने उपसमिति सदस्यहरू बताउँछन् ।

समितिका सभापति रामहरि खतिवडाका अनुसार कुलिङ पिरियड राख्ने विषयमा सांसदहरू छन् । एक वर्ष राख्ने कि दुई वर्ष भन्नेमा कुरा मिलेको छैन । कतिपयले ५ वर्ष कुलिङ पिरियड राख्नुपर्ने प्रस्ताव समेत रहेका छन् ।

मुख्य सचिव अर्यालले कुलिङ पिरियडभन्दा महत्त्वपूर्ण विषय भन्दै सचिव सरुवाको अधिकार मुख्यसचिवमा राख्ने प्रस्ताव राखेका छन् ।

कर्मचारीलाई चेन अफ कमान्डमा राख्न र सरकारको कामकारबाही प्रभावकारी बनाउन सचिव सरुवाको अधिकार मुख्यसचिवलाई दिनुपर्ने उनको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘टास्क फोर्स’ ले स्वास्थ्य परीक्षण गर्ने संस्था अनुगमन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका स्वास्थ्य संस्थामा टास्क फोर्सले अनुगमन थालेको हो । स्वास्थ्य परीक्षण सम्बन्धी उजुरी आएका मेडिकलहरूमा टास्क फोर्सले अनुगमन थालेको मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म १६ वटा मेडिकलमा ...
। इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले इन्स्पेक्टर महतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । चितवन प्रहरीका एक अधिकृत भन्छन्, ‘उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले महतलाई हिरासतमा लिएको हो । उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको ...
। प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको ...
। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् । अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले ...