मुख्य समाचार
मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराए
मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराए

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङ गरेको मधेशले १०२ रन बनाएको थियो।


१०३ को विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भएको हो। सुदूरका लागि हेमन्त धामीले मात्र दोहोरो अंकमा रन बनाए। उनले ३३ बलमा १ चौका र १ छक्कासहित १९ रन जोडे। अर्जुन विकले ९ रन जोडे।


सुदूरका ५ ब्याटर खाता नै नखोली पेभेलियन फर्किदा सुदूर सस्तैमा समेटिएको हो। मधेशका लागि विशाल पटेलले सर्वाधिक ६ विकेट लिए। उनले ६ ओभरमा २ मेडनसहित १८ रन खर्चिए। प्रदिप पाश्वानले ३ विकेट लिँदा रुपेश सिंहले १ विकेट लिए।



त्यसअघि ब्याटिङ गरेको मधेशका लागि प्रदिप पाश्वाले सर्वाधिक २३ रन बनाउँदै अविजित रहे। उनले ५२ बलमा ३ चौका प्रहार गरे। दिपेश दासले १२, पवन दासले १९ र रुपेश सिंहले १२ रन बनाए। सुदूरपश्चिमका लागि बलिङमा हेमन्त धामी र शेर मल्लले समान ४–४ विकेट लिए। नारायण जोशी र विकाश आग्रीले १–१ विकेट लिए।

यो सुदूरको यस प्रतियोगिताको अन्तिम खेल हो। सुदूरले यस प्रतियोगितामा जम्मा ३ जित मात्रै दर्ता गर्दै प्रतियोगिता सकेको हो। मधेशले भने लिगको अन्तिम खेल बागमती प्रदेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...