मुख्य समाचार
सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिए
सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिए

। सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको ।

गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।




उनका अनुसार मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए ।
सब अत्यन्त कुहिसकेको अवस्थामा रहेको बताए ।

‘शव सडेको अवस्थामा फेला परेको छ। त्यसकारण शव कस्को हो भन्ने पहिचन गर्न कठिन छ,’ उनले भने, ‘ शव परीक्षणका लागि अस्पताल पठाउने तयारी गर्दैछौं ।’




घटनास्थलमा प्रहरी टोली पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार केही दिनअघिदेखि गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन हराइरहेकी छन् । उनको खोजी कार्य भइरहे पनि अहिलेसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले उक्त प्रश्न गरेकी हुन् । उनले हिजो (मंगलबार) जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि प्रधानमन्त्री वालेन्द्र शाह नआएको भन्दै आपत्ति जनाइन् । उनले प्रधानमन्त्रीलाई निमन्त्रणा दिएर ...
। नेपाली कांग्रसकी सांसद सीता थपलिया ‘उर्मिला’ ले रसुवा बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन् । ‘नागरिकको अभिभावक सरकार हो । विपत्तिका कारण आफ्ना परिवारका सदस्य ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बाढीपछिको प्रतिकार्यबारे सरकारको बचाउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले उद्धार, उपचार र राहतका तत्परताका साथ काम गरिरहेको उनले बताएका हुन् । ‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार ...
। नेपाली कम्युनिस्ट पार्टीले संघीय संसद् सचिवालय परिसरमा जेनजी शहीदहरूको मात्रै सालिक किन राख्न खोजिएको हो भनेर प्रश्न उठाएको छ । बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै सांसद बलावती शर्माले भनिन्, ‘सरकारले संघीय संसद् परिसरमा सबै क्रान्ति र आन्दोलनका शहीदरूलाई वेवास्ता गर्दै जेनजी शहीदहरूको मात्रै संसद् परिसरमा संसद् सचिवालयको जानकारी र स्वीकृति बिना नै सालिक अनावरण गर्नुको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । ‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र ...