मुख्य समाचार
जनकपुर टुडेका अध्यक्ष एवं प्रधान सम्पादक वृजकुमार यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुर टुडेका अध्यक्ष एवं प्रधान सम्पादक वृजकुमार यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनकपुर टुडेका अध्यक्ष एवं प्रधान सम्पादक वृजकुमार यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।


अख्तियारले प्रधान सम्पादक यादवसहित धनुषाको बटेश्वर गाउँपालिकाकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा हेर्ने छैठौं तहका अधिकृत सुमन कुमार पुरीलाई नियन्त्रणमा लिएको हो।


उनीहरूविरूद्ध उक्त गाउँपालिकाअन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको उजुरी परेको थियो।



सोही उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी, अर्का अधिकृत पुरीको मिलेमतोमा ६ लाख ४४ हजार १०० रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएपछि उनीहरूविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

जनकपुर टुडेका अध्यक्ष तथा प्रधान सम्पादक यादवले कर्मचारीसँगको मिलोमतोमा बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृतको सूचना छपाइ गर्ने जिम्मा लिएको देखाइ नियमानुसार सूचना सार्वजनिक प्रकाशन नगरेर लुकाए छिपाइ गाउँपालिकाको ठेक्काको अभिलेखमा राख्ने गरी झुट्टा विवरणसहितको पत्रिकाको आधारमा ६ लाख ६४ हजार १०० रकम भुक्तानी लिएको पुष्टि भएको अख्तियारको दावी छ।

प्रधान सम्पादक यादवलाई मुख्य कसुरदार भइ कर्मचारीसरह काम गरेको भन्दै उनीमाथि कसुरदार सरह सजाय गरी बिगो असुल गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ वर्षीय बालकलाई दुई महिनापछि आइतबार पक्राउ गरेको हो । नाबालक भएका कारण प्रहरीले उनको पहिचान गोप्य राखेको छ । उनको परिवर्तित नाम २०८२/८३ कास्की–३१ राखिएको छ । प्रहरी कार्यालय ...
— मुस्ताङमा रहेको कोरला नाका हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती ...
— यातायात व्यवस्था विभागको भवन आगजनी भएर क्षति भएको दुई महिनापछि नयाँ लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । २४ भदौमा भएको प्रदर्शनपछि उक्त सेवा ठप्प थियो । विभागका अनुसार आइतबार उपत्यकाका दुई वटा यातायात व्यवस्था कार्यालय सानोभर्‍याङ र भक्तपुरको राधेराधेबाट यो सेवा सुरु भइसकेको छ । त्यस्तै सोमबारबाट चाबहिल र एकान्तकुना कार्यालयबाट पनि सेवा ...
: कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ। शाखाले साउन २६ गतेदेखि ३१ ...
— भदौ २४ गते प्रदर्शनका क्रममा प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका-७ स्थित प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ...