मुख्य समाचार
कलंकीको एलआरआई स्कुल नजिकै विवाद हुँदा एक युवकको हत्या
कलंकीको एलआरआई स्कुल नजिकै विवाद हुँदा एक युवकको हत्या

: काठमाडौं महानगरपालिका-१४ कलंकीको एलआरआई स्कुल नजिकै विवाद हुँदा एक युवकको हत्या भएको छ । हत्या हुनेमा ढुंगेअड्डा घर भएका अभय गोले हुन् । सोमबार राति ९ बजेतिर कलंकीको एलआरआई स्कुल नजिकको सडकमा दुई समूहबीच विवाद भएको थियो ।


विवादको क्रममा अनियन्त्रित भिडले अभयमाथि धारिलो हतियार प्रहार गरेका थिए । रड,खुकुरी र मुक्का प्रहार हुँदा मृतक गोले समूहका तीनजना घाइते भएका छन् । घाइते हुनेमा नागढुंगाका सन्दिप भुजेल, हेटौडाका पवन तामाङ, चन्द्रागिरीका पासाङ शेर्पा रहेका छन् । उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार, २१ वर्षीय रोहित खड्का,विनय लामा र पर्वित श्रेष्ठको समूहले मृतक गोले समूहलाई खुकुरी र रड प्रहार गरेको थियो । घटना हुनासाथ प्रहरी पुग्दा गहिरो चोट लागेको अवस्थामा बीच सडकमा ढलेका थिए । उपचारका लागि उनलाई कलंकीको सहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । केही समयपछि नै उनलाई मृत घोषणा गरिएको थियो ।



प्रहरीका अनुसार कुटपिट तथा हत्यामा संलग्न १७ जनालाई नियन्त्रणमा लिइएको छ । यो विवादको सुरू भने होली खेल्ने दिनबाट सुरू भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार,होलीको अघिल्लो दिन अभय गोले र नैकाप घर भएका निश्चल मगरबीचमा विवाद भएको थियो । विवाद हुँदा अभयले निश्चललाई झापड हानेका थिए । सोही विषयमा दुई समूहबीच विवाद बढ्दै गएको थियो । निश्चलका साथी रोहित खड्काले अभयलाई भेटेर साथीभाइलाई किन कुटपिट गरेको भन्दै प्रश्न गरेका थिए । खड्कागाँउका स्थानीय रोहित साथीभाइमाझ 'खरायो' उपनामले समेत चिनिन्छन् । यसैक्रममा उनको मोबाइल हरायो ।

रोहितले अभयसँग भेटेर विवादको विषय सुल्झाउन खोजेका थिए । यसैक्रममा अभयले हिम्मत भए सोमबार राति एलआरआई तिर आउनु भने सूचना पठाएका थिए । सोमबार राति अभय ४ जना साथीहरूसँगै उक्त स्थानमा पुगेका थिए । रोहित समूहका २० जना पनि त्यहाँ पुगेपछि विवादले चर्को रुप लियो। विवादका क्रममा रोहित र निश्चल समूहले रड र खुकुरी प्रहार गरेर अभयको ज्यान लिए। घटनामा संलग्न निश्चल,अभय तथा अन्य दुईजना फरार रहेका छन् ।

प्रहरीका अनुसार लागुऔषध सेवनकर्ता समेत रहेका उनीहरू झैंझगडा गर्ने र बरालिएर हिँड्ने गरेको खुलेको छ । आक्रमणमा संलग्न मुख्य आरोपित रोहितसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । अभय र रोहितको दुवै समूह कलंकी र नैकापमा सक्रिय छन् । उनीहरुले आफूहरूलाई 'बाईकर्स' समूहका नामले चिनाउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउनेसक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ...
: प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारले ...
: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको कांग्रेस नेता डा ...
: नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिको संयोजक तारामान गुरूङ रहेका छन्। सदस्यमा धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली चयन भएका छन्।
: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने ...