मुख्य समाचार
कलंकीको एलआरआई स्कुल नजिकै विवाद हुँदा एक युवकको हत्या
कलंकीको एलआरआई स्कुल नजिकै विवाद हुँदा एक युवकको हत्या

: काठमाडौं महानगरपालिका-१४ कलंकीको एलआरआई स्कुल नजिकै विवाद हुँदा एक युवकको हत्या भएको छ । हत्या हुनेमा ढुंगेअड्डा घर भएका अभय गोले हुन् । सोमबार राति ९ बजेतिर कलंकीको एलआरआई स्कुल नजिकको सडकमा दुई समूहबीच विवाद भएको थियो ।


विवादको क्रममा अनियन्त्रित भिडले अभयमाथि धारिलो हतियार प्रहार गरेका थिए । रड,खुकुरी र मुक्का प्रहार हुँदा मृतक गोले समूहका तीनजना घाइते भएका छन् । घाइते हुनेमा नागढुंगाका सन्दिप भुजेल, हेटौडाका पवन तामाङ, चन्द्रागिरीका पासाङ शेर्पा रहेका छन् । उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार, २१ वर्षीय रोहित खड्का,विनय लामा र पर्वित श्रेष्ठको समूहले मृतक गोले समूहलाई खुकुरी र रड प्रहार गरेको थियो । घटना हुनासाथ प्रहरी पुग्दा गहिरो चोट लागेको अवस्थामा बीच सडकमा ढलेका थिए । उपचारका लागि उनलाई कलंकीको सहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । केही समयपछि नै उनलाई मृत घोषणा गरिएको थियो ।



प्रहरीका अनुसार कुटपिट तथा हत्यामा संलग्न १७ जनालाई नियन्त्रणमा लिइएको छ । यो विवादको सुरू भने होली खेल्ने दिनबाट सुरू भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार,होलीको अघिल्लो दिन अभय गोले र नैकाप घर भएका निश्चल मगरबीचमा विवाद भएको थियो । विवाद हुँदा अभयले निश्चललाई झापड हानेका थिए । सोही विषयमा दुई समूहबीच विवाद बढ्दै गएको थियो । निश्चलका साथी रोहित खड्काले अभयलाई भेटेर साथीभाइलाई किन कुटपिट गरेको भन्दै प्रश्न गरेका थिए । खड्कागाँउका स्थानीय रोहित साथीभाइमाझ 'खरायो' उपनामले समेत चिनिन्छन् । यसैक्रममा उनको मोबाइल हरायो ।

रोहितले अभयसँग भेटेर विवादको विषय सुल्झाउन खोजेका थिए । यसैक्रममा अभयले हिम्मत भए सोमबार राति एलआरआई तिर आउनु भने सूचना पठाएका थिए । सोमबार राति अभय ४ जना साथीहरूसँगै उक्त स्थानमा पुगेका थिए । रोहित समूहका २० जना पनि त्यहाँ पुगेपछि विवादले चर्को रुप लियो। विवादका क्रममा रोहित र निश्चल समूहले रड र खुकुरी प्रहार गरेर अभयको ज्यान लिए। घटनामा संलग्न निश्चल,अभय तथा अन्य दुईजना फरार रहेका छन् ।

प्रहरीका अनुसार लागुऔषध सेवनकर्ता समेत रहेका उनीहरू झैंझगडा गर्ने र बरालिएर हिँड्ने गरेको खुलेको छ । आक्रमणमा संलग्न मुख्य आरोपित रोहितसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । अभय र रोहितको दुवै समूह कलंकी र नैकापमा सक्रिय छन् । उनीहरुले आफूहरूलाई 'बाईकर्स' समूहका नामले चिनाउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गोरखाको आरुघाट गाउँपालिकाका २०० भन्दा बढी युवा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका, माला र खादा लगाएर औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्। पार्टी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार राजन गुरुङको संयोजनमा एकै पालिकाका २ सयभन्दा बढी युवालाई ...
: सिरहाको सदरमुकाममा सिरहा नगरपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । स्थानीय प्रेमनाथ यादवको गोली प्रहारबाट हत्या भएको र घटनाबारे अनुसन्धान भईरहेको घटनास्थलबाट सिरहाका एसपी बासुदेव पाठकले जानकारी गराए । मृतक यादव सामान्य माटो पुर्ने व्यक्ति रहेको बुझिएको छ । स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनारमा आफ्नै ...
: आरुघाट गाउँपालिका-३ छेपारेखोलामा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको छ। शनिबार आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षका युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शनिबार साँझ अबेरसम्म पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ। मानवबस्तीविहीन सो ओरालो सडकमा एक युवा मोटरसाइकल दुर्घटनामा परेर लडिरहेको ...
: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन्। पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरू निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोसिसमा रहेको भन्दै स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने ...
: शंकास्पद गतिविधिमा संलग्न कोरियाली मूलका अमेरिकी नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आगमन कक्षबाट उनी पक्राउ परेका हुन्। अध्यागमन कार्यालयले कोरियाली मूलका अमेरिकी नागरिक ली योङहो (YONGHO LEE)लाई पक्राउ गरेको हो। उनी लामो समयदेखि नेपाल आउजाउ गर्दै आएका थिए। नेपाल बसाईका क्रममा उनी शंकास्पद गतिविधि संलग्न थिए। सोहीअनुसार उनीमाथि नेपालको सुरक्षा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम