मुख्य समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा

। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै अव छिट्टै प्रशिक्षक नियुक्त हुने जनाएको हो ।

मोन्टी देशाईको कार्यकाल सकिएपछि रिक्त रहेको प्रशिक्षक पदका लागि ७० जनाको आवेदन परेको र तीमध्ये १० जना शर्ट लिस्ट गरेर अन्तरवार्ताको अन्तिम चरणमा रहेको क्यानले जनाएको छ ।




अब अन्तर्वार्ताको काम सकाएर यथाशीघ्र प्रशिक्षक नियुक्त गरिने जनाएको हो । नेपाली क्रिकेट टिमको विभिन्न अन्तर्राष्ट्रिय शृंखला नजिकिँदा अब प्रशिक्षकको आगमनपछि तयारी सुरु हुनेछ ।

नेपाली टोलीले टी-२०आई शृंखलादेखि विश्वकप छनोट र लिग २ का खेलहरू खेल्ने तय छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...